गुजरा,३० असार । रौतहटको गुजरा नगरपालिकाको पाँचौ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले साढे ४९ करोड बराबरको अनुमानित बजेट समेत प्रस्ताव गरेको छ । सोमबार सम्पन्न पाँचौ नगरसभाको उद्घाटन समारोहमा मेयर सन्तलाल चौधरीले आ.व. ०७७÷७८ का लागि कुल ४९ करोड ,५२ लाख,दुईसय ८० रुपैयाँका बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालुतर्फ २९ करोड ,७० लाख,१५ हजार , पुंजिगत तर्फ १९ करोड , ८१ लाख,८५ हजार ,दुईसय ८० रुपैया बिनियोजन गरिएको छ । त्यसैगरी कुल खर्च मध्ये आर्थिक विकास क्षेत्रमा ७३ लाख,९ हजार ,५ सय रुपैया ,सामाजिक क्षेत्रमा १५ करोड १ लाख ६ हजार नगरसभाले बिनियोजन गरेको छ । त्यस्तै पुर्वाधार विकास तर्फ १६ करोड ४ हजार सातसय ८० बाताबरण तथा बिपद ब्यवस्थापन तर्फ २ करोड रुपैयाको लागि सिफारिस गरिएको छ । सुशासन तथा अन्तर संबंधित क्षेत्रमा १५ करोड ७७ लाख ८० हजार रुपैया पाँचौ नगरसभाले बिनियोजन गरेको तथ्यांकमा उल्लेख रहेको छ। चालू आर्थिक बर्षको अनुमानित आम्दानीमा संघीय सरकारको बितिय समानिकरण अनुदान १३ करोड ४५ लाख,संघिय सरकारको सशर्त अनुदान १८ करोड ५ लाख, संघिय सरकारको विशेष अनुदान ६० लाख,संघिय सरकार बाट समपुरक अनुदान २ करोड ,प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी प्रदेश सरकारको बितिय समानिकरण अनुदान ७५ लाख,५१ हजार , सशर्त अनुदान ८० लाख,विशेष अनुदान ३० लाख,समपुरक अनुदान २० लाख,राजस्व बांडफांड बाट १० करोड २५ लाख,८० हजार ,आन्तरिक आयतर्फ ३ करोड १० लाख,७० हजार गरि कुल ४९ करोड ५२ लाख,दुईसय ८० रुपैया आउने अनुमान रहेको गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले जानकारी दिएका छन ।पाँचौ नगरसभाले किसानलाई उन्नत बीउ,सिचाइको लागि पानी,तरकारीको बेर्ना,माटो परिक्षणको निशुल्क ब्यवस्था,बजारिकरण र कोल्डस्टोर निर्माण गर्ने योजना अघि सारेको छ । त्यसैगरी माछा उत्पादक किसानलाई अनुदान ,उन्नत जातको गाई, भैंसी ,बाख्रा बितरण,अण्डा उत्पादनमा आत्मनिर्भर बनाउन जोड दिईने छ । सहकारी ,पर्यटन संस्कृति ,सामाजिक विकासमा जोड दिएको छ । गुजरा नगरक्षेत्र अन्तरगत स्वास्थ कार्यालय नभएको वडामा तत्काल स्वास्थ सेवा संचालन शिक्षामा जोड दिदै ७ जना दलित विद्यार्थी लाई ६० हजारको छात्रबृतिदिने,महिला विकास ,बालबालिका ,अपांग जेष्ठ नागरिकलाई विशेष ग्राह्यतामा राखेको छ ।त्यसैगरी ३ सय दलित परिवारलाई निशुल्क वैद्युत मिटर बितरण,बन बाताबरण तथा बिपद ब्यवस्थापन,सुशासन तथा संस्थागत विकासलाई पनि नगरसभाले समेटने प्रयास गरेको छ ।


