असार २९
दिपक कुमार
राजदेवी नगरपालिका मेयर धिरेन्द्र कुमार सिंहको लापरबाही र नदी नियन्त्रण पर्सा , पारवानीपुर बेवास्ताको कारण राजदेवी नगरपालिका वार्ड न.४ अवस्थित बागमती नदीको ५ नम्बर ठोकर बाध टुटेको छ।
बागमती नदीको ५ नम्बर ठोकर बाध चाईनिज कम्पनीका ठेक्कदारले १ करोड २५ लाख रुपैयामा सबैभन्दा बलियो रुपमा बाधेको बाध मेयर सिंह र नदी नियन्त्रणका ईन्जिनियरको मिलोमतोमा बागमती किनाराको बाधमा ग्रेभलिङ्ग, पक्की बनाउने नाउँमा करोडौं रकम ब्रहम्लुट मच्चाउने उद्देश्यले ५ नम्बर ठोक्करलाई ध्वस्त बनाएको स्थानीयवासीले आरोप लगाएका छन ।
कम्युनिस्ट पार्टी क्षेत्र न.१का नेता एबम राजदेबी नगरपालिकाका प्रत्यासी मेयर भिखारी राय यादवले मेयर धिरेन्द्र सिंहलाई हथकडी लगाई अख्तियार दुरुपयोग अनुसन्धानले बयान लिएर जेल हाल्नु पर्ने सुझाव दिएका छन।
मेयर सिंह राजनीति पनि गर्ने , ठेक्कादारी पनि आफै गर्ने , रगदारी पनि गर्ने कहाको चलन हो भनि मेयर प्रत्यासी यादवले प्रतिप्रश्न गर्नु भएको छ।
राजदेबी नगरपालिकामा ब्रह्म्लुट मच्चाउनेलाई कदापि छुट हुँदैन , आजै प्रधानमन्त्री र सम्बन्धित निकायलाई टेलिफोनबाट जानकारी गराउछु, भिखारी यादवले स्थानीय जनताको भिडमा आश्वासन दिनुभएको हो।
यस्तै पुर्ब माननीय बबन सिंहले ५ नम्बर बाध करिब ८० प्रतिशत भत्किएको अवस्था छ, यो बाध पुर्णरूपमा भत्किएपछि रौतहटको सदरमुकाम गौर र राजदेवी नगरपालिका पुर्ण रूपमा क्षतिग्रस्त हुनेछ , यसको जिम्मेवारी कस्ले लिने हो? मेयर धिरेन्द्र सिंहलाई ठेक्कादारी बाहेक अरु केही सुझ्दैन आरोप लगाउनु भएको छ।
मेयर सिंह अहिले असारको अन्तिम समयसम्म साह कन्ट्र्कसनको नाउँबाट करिब ८ करोडको ठेक्का लिएर बाधमा हिल्लोहिल्लै गरेको र ५ नम्बर ठोक्करलाई क्षतिग्रस्त बनाएको अवस्थामा नेपाल सरकारको ध्यानाकर्षणको माग पुर्ब माननीय बबन सिंहले गर्नु भएको छ।
राजदेवी नगरपालिका कि उपमेयर अन्सु सिंह नगरपालिकाको विकासको नाउँमा बिनाश भएकोमा आफू स्वयं लज्जित भएको स्वीकार गर्छिन् ।
मेयर सिंहको दादागिरी पाराले नै भर्खरै नगरपालिकाको ६ जना कर्मचारी अख्तियारको फन्दामा परि बर्खास्त हुनपुगेको छ , तर मेयर सिंह कसरी जोग्यो, त्यो अख्तियारको कर्मचारी माथि नै संकाको घेरामा आफुले लिएको उपमेयर सिंह बताउछिन् ।
मेयर धिरेन्द्र सिंह माथि सयकडौ उजुरी अख्तियारमा अनुसन्धानको क्रममा छ, तर मेयरलाई केही भएको छैन , जसकारण मेयर सिंह मनमौजी रूपमा भ्रष्टाचारमा लिप्त रहेको उपमेयर अन्सु सिंहको आरोप रहेको छ।


