पर्सा । वीरगञ्जमा भोलीदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय प्रशासनले गरेको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले साउन १० शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिएको आशंका स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय गरेको हो । बैठकले कोरोना भाइरसको संक्रमण रोक्न आवत जावत र परीक्षणको दायरा बढाउँदै लैजाने निर्णय पनि गरेको छ । स्थानीय प्रशासनले निषेधाज्ञाको पालना गर्न पनि अपिल गरेको छ ।
वीरगञ्जमा बिहीबार र शुक्रबार गरी कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । ७५ जना संक्रमितको गण्डकमा रहेको कोभिड अस्पतालमा उपचार भइरहेको छ । ती मध्ये दुई जनाको अवस्था गम्भीर छ ।


