बसन्त आचार्यको मन दिए मुटु दिए बोलको गितको भिडियो “मन मुटु“ आज देखि युटुबमा

रौतहट ८ साउन । मोफसलमा युबाहरुको प्रतिभा उजागर हुदैछ । साधन र स्रोतको अभाब रहेको मोफसलमा सुजनाका धनी युबाहरु आफनो प्रतिभा प्रस्फुटनमा सक्रिय रहेको देखिन्छ । यस्तै पछिल्लो समयमा उदयमान प्रतिभाका धनी चन्द्रपुर नगरपालिका–६ निबासी युबा स्रस्ठा बसन्त आर्चाय द्धारा शब्द छनौटको गीतको म्युजिक भिडियो मन मुटु आज देखि युटुब च्यानलमा हेर्न र सुन्न सकिने भएको छ ।  आज भन्दा १ बर्ष पहिले नेपालका चर्चित गायक प्रमोद  खरेलको स्वर तथा मनोहर सुनामको संगितमा अडियो रेकर्ड गराएका आचार्यको गितको म्युजिक भिडियो लाई कृष्ण पौडेलको निर्देशन तथा निर्माणमा हाईलाइटस नेपालले आज बाट म्युजिक भिडियो युटुबमा ल्याउदैछ् । उक्त गितका रचनाकार आचार्यले गीत र संगीतको पारखी लाई मनोरञ्जन र आनन्द सहित ज्ञानबद्धक हुने गरी गीतको रचना गर्नु भएको छ । उहाले यो म्युजिक भिडियो हेरेर सुनेर सल्लाह सुझाब सहित प्रतिक्रियाको अपेक्षा सबैमा राख्नु भएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles