रौतहट ३ भाद्र । रौतहटमा चन्द्रपुरमा एकै दिन ५ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि चन्द्रपुरमा कोरोना त्रास बढे संगै संक्रमितको सम्पर्कमा आएकाहरु कोरोना लागेको भन्दै चन्द्रपुर नगर नै आतंकित भएका थियो । कन्ट्याक ट्र्यासिङको आधारमा तुरुन्त कोरोना परिक्षण गराउनु पर्ने स्थानियको माग अनुसार गत साउन ३२ गते १५७ जनाको स्वाब जनस्वास्थ्य कार्यालय टेकु काठमाडौमा परिक्षणका लागी लगिएको थियो । सो १५७ मध्ये १२३ जनाको कोरोना परिक्षणको रिपोर्ट आउदा सबैमा नेगेटिब आएको चन्द्रपुर अस्थायी कोरोना अस्पतालका स्वास्थ्यकर्मी मातृका चालिसेले जानकारी दिनु भयो । ३४ जनाको रिपोर्ट भने आउन बाकी रहेको छ । कोरोना संक्रमितका परिवारका सदस्यलाई समेत कोरोना नेगेटिव रिपोर्ट आएको छ । जसले गर्दा अहिले चन्द्रपुरमा कोरोना त्रास केही हदसम्म साम्य भएको देखिएको छ । चन्द्रपुर नगरपालिकामा रहेको क्वारेनटाइनमा बुधबार बिहानसम्म ३३ जना छन भने अस्थायी कोरोना अस्पताल चन्द्रपुर—२ शहिद पार्कमा १३ जना कोरोनासंग लडिरहेका छन । चन्द्रपुरमा रहेका संक्रमितहरुमा खासै कुनै किसिमको असहज , गारो हुने कुनै पनि संक्रमितहरुमा देखिएको छैन । निरोगी नागरिक झै सामन्य दिनहरु बिताइरहेको उनीहरुले बताएका छन । स्वास्थ्य सुरक्षलाई ध्यान दिन सकेमा कोरोनाबाट डराइ हाल्नु नपर्न स्थानिय नागरिकहरुको भनाइ रहेको छ ।


