रौतहट,०३ भाद्र //
सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुरले विभिन्न समयमा बरामद गरेको घरेलु मदिरा नष्ट गरेको छ ।
विभिन्न समयमा बरामद गरेको करीव चार सय लिटर घरेलु मदिरा नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक बिकास भुजेलले जानकारी दिनु भयो ।
चन्द्रपुरका विभिन्न स्थानमा खटिएको सशस्त्र प्रहरिको टोलिले लकडाउनको समयमा अटो रिक्शा, इ-रिक्सा मा लुकाई छुपाई वोसार-पसार गरिरहेको अवस्थामा बरामद गरेको घरेलु मदिरा स्थानीय ,भद्रभलाद्मि र संचारकर्मी को रहोवरमा नष्ट गरेको डिएसपी भुजेल ले जानकारी दिनु भयो ।
घरेलु मदिरा उत्पादन र सेवन गर्न समेत रोक लगाउन सशस्त्र प्रहरी सकृय भए संगै घरेलु हिंसा,झैझगडा मा कमि भएको छ।
निम्न बर्गको मानिसहरुले घरेको मदिरा सेवन गर्दा घरेलु हिंसा ,समाजमा झैझगडा बढेकोले यसको नियन्त्रण सबै मिलेर गर्नु पर्ने समाजसेवि जितेन्द्र चौधरी ले बताए।



