बिहिबार ७०७ संक्रमित थपिए, २६४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा सात सय सात जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका ३९ वटा प्रयोगशालामा ११ हजार ८ सय ३२ जनामा गरिएको परीक्षणमा बिहीबार सात सय सात जनामा कोरोना पोजेटिभ देखिएको हो ।पछिल्लो २४ घण्टामा दुई सय ६४ जना कोरोना संक्रमित निको भएसँगै हालसम्म कोरोना निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार काठमाडौं उपत्यकामा मात्र दुई सय जनामा कोरोना संक्रमण देखिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ११ हजार सात सय ६७ जना रहेका छन् । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय २६ जना पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles