सिन्धुपाल्चोक पहिरो ः ७ जनाको शव भेटियो, २४ बेपत्ता

२८ भदौ
सिन्धुपाल्चोक ः बाह्रविसे नगरपालिका ७, घुम्थाङको पहिरोले पुरिएर सात जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।
पहिरोमा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल बिक,सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार र ट्याक्सी शेर्पाको शव फेला परेको उनले बताए। पहिरोले नागपुजे र भीरखर्कका १८ घर बगाउँदा २४ जना बेपत्ता भएका छन्। स्थानीयका अनुसार आज बिहान करिब पौने चार बजे पहिरो आएको थियो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार र खोजी कार्य जारी रहेको छ। पहिरो प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटासहितको टोली आजै बिहान स्थलमार्गबाट पुगेका छन्।
साभारः अन्नपुर्ण पोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles