रौतहट,१४ असोज । रौतहटमा बाघको आक्रमणबाट एकको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । चन्द्रपुर ६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए । भण्डारीको कम्मर भन्दा तलको भाग बाघले खाएको अवस्थामा जंगलमा फेला परेको डीएसपी शाहीले बताए । बाघको आक्रमणबाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक थापा , ३५ बर्षिय प्रबिण श्रेष्ठ रहेका छन । उनिहरुको पाखुरा, छाती, हातमा चोट लागेको छ । मृतक भण्डारी जंगलमा हराएपछि गाँउका १०÷१२ जना युवाहरु मंगलबार राति खोज्न गएका थिए । खोज्न गएका युवाहरुलाइ सत्यारी जंगलको तीनकुवा बन क्षेत्रमा बाघले आक्रमण गरेको थियो बाघले आक्रमण गरेपछि उनीहरुले खाल्टोमा हाम्फालेर ज्यान बचाउन सफल भएपनि आज खोजीगर्दा भण्डारीको शव फेला परेको डीएसी शाहीले बताए । घाइतेहरुको मंगलबार रातिनै चन्द्रपुर अस्पतालमा उपचार पश्चात थप उपचारको लागी अन्यत्र लैजान लागिएको स्थानिय युवा सहदेव केसीले जानकारी दिए ।


