ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेकी महिलाको मृत्यु

रौतहट १५ असोज । इलाका प्रहरी कार्यालय गरुडामा एक थुनुवाको मृत्यु भएको छ । प्रहरीको महिला तथा बालबालिका सेवाकेन्द्र गरुडाको हिरासतमा एक महिलाको मृत्यु भएको हो। गुजरा नगरपालीका २ कटानीबजारकी राधिका राउतको गरुडा स्थित प्रहरीको महिला बालबालिका सेवाकेन्द्रको हिरासतमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले महिलाको हिरासतमा मृत्यू भएको पुष्टि गरेका छन्
गुजरा नपाको कटानी बजारका सम्राट तामाङ र राधिकालाई उनका श्रीमान सुमन राउतले अनैतिक सम्वन्ध राख्दैगर्दा देखेको भन्दै बुधबार साझ वडाअध्यक्ष अशोक कुमार थारुको रोहबरमा प्रहरी चौकीमा बुझाएका थिए ।
रंगपुर प्रहरी चौकीले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई जानकारी गराएपछि दुबैको स्वास्थ्य जांच गराएर हिरासतमा राखिएको थियो ।
चन्द्रनिगाहपुर स्थित कार्यालयको हिरासतमा महिलालाइ राख्न असहज भएपछि गरुडामा रहेको महिला तथा बालबालिका सेवाकेन्द्रमा राख्न उनलाइ लगिएको थियो ।
मृतक राधिकाले आफु छारेरोगको बिरामी भएको र लामो समय देखी औषधि सेवन गरिरहेको प्रहरीलाइ जानकारी गराएको बताइएको छ । स्वास्थ्य जांच गर्ने क्रममापनि आफु छारेरोग बिरामी भएको बताएको प्रहरीले जनाएको छ ।
गुजरा नपा २ का वडाअध्यक्ष थारुले राधिकाले लामो समय देखी छारेरोगको उपचार गराईरहेको बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles