प्रदेश स्तरिय सुरक्षा गोष्ठी चन्द्रनिगाहपुरमा जारी

प्रदेश २ को प्रदेश स्तरीय सुरक्षा गोष्ठी रौतहटको चन्द्रनिगाहपुरमा शुरु भएको छ । गोष्ठीमा प्रदेश २ का विभिन्न जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको छ ।
प्रदेश का ८ जिल्ला मध्ये शनिवार पर्सा, बारा, रौतहट र सर्लाहि का सुरक्षा प्रमुखहरु सहभागी छन ।
गोष्ठीमा मुख्यमन्त्री लालबाबु राउतले कुनै पनि अवस्थामा जनताले गरेको आशा र भरोसा टुट्न नदिन सुरक्षा निकायका प्रमुखहरुलाइ निर्देशन दिएका छन ।
प्रदेश सरकारले सुरक्षा निकाय लाई कहाँ के सहयोग गर्न सक्छ त्यो बुदागत रुपमा ल्याउन समेत निर्देशन दिए ।
साधनश्रोतकाे कमी भएपनि बिपदको समय , शान्तिसुरक्षा लाई बलियो बनाउन सुरक्षाकर्मीहरु खटीरहेको मा मुख्यमन्त्री राउतले धन्यवाद समेत दिएका छन ।
खुल्ला सिमाना का कारण सुरक्षा व्यावस्थामा चुनौतीहरु रहेको र कमिकमजोरीहरु लाई छलफल गरेर समाधान गर्नुपर्ने सुझाव समेत मुख्यमन्त्री राउतको भनाइ छ ।
गोष्ठीमा अान्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव ,नेपाल प्रहरीका प्रदेश प्रमुख , सशस्त्र प्रहरीका डिआइजीहरु , मन्त्रालयका सचिव, राष्टिय अनुशन्धान का प्रमुखहरु , नेपाली सेनाका जिल्लाका गणका प्रमुखहरु , संचारकर्मीहरुको सहभागिता रहेको छ ।
प्रदेश का सुरक्षा को चुनौती र बिपद व्यावस्थापन का बिषयमा छलफल हुने बताइएको छ अन्य चार जिल्लाको गोष्ठी बर्दीवासमा हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles