रौतहट २७ असोज ।
रौतहटको गौर बितरण केन्द्रबाट प्रसारण भएको बिद्युत आज ४ घण्टा काटिने भएको छ । रौतहटको बहुअर्वा फिडरमा रहेका विभिन्न स्थानहरुमा मंगलबार आज लाइन प्रसारण काटिने भएको हो । सो क्षेत्रमा मंगलबार बुस कटिङ तथा लाइन मर्मत कार्य हुने जनाउदै दिउसो १२ बजेदेखि ४ बजेसम्म बिद्युत प्रसारण काटिने गौर बितरण केन्द्र रौतहटले एक सुचना जारी गरि जानकारी दिएको छ । यसबाट ग्राहकवर्गमा परेको असुविधाप्रति विद्युत बितरण केन्द्र गौरले क्षमायाचना समेत गरेको छ । सो क्षेत्रमा बुस कटिङ तथा मर्मत कार्य तोकिएको समयावधि भन्दा अगाडी नै सम्पन्न भएमा अगाडी नै बिद्युत प्रसारण गरिने जनाइएको छ


