माछा मार्ने क्रममा रौतहटमा एक बालकको ज्यान गएको छ। रौतहटको राजपुर नगरपालिका वाड नं. २ बस्ने १४ वर्षीय बालकको माछा मार्ने क्रममा नदीमा डुबेर ज्यान गएको हो। इशनाथ नगरपालिका वाड नं. २ बिगाटोल घर भएका जमिल अख्तरको छोरा शेख फयाजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन्। ति बालक राजपुरमा विगत २ वर्ष देखि फुपुको घरमा बस्दै आएका थिए। उनको शव इलाका प्रहरी कार्यालय राजपुरको टोलीले भेटेको थियो। यसैगरीे गरुडा नगरपालिकाको वडा नम्बर १ जयनगरका ३ वर्षीय ताबिस अन्सारीको पनि स्थानिय झाझ खोलामा डुबेर मृत्यु भएको छ।मृत्यु भई तैरिरहेको अबस्थामा शव फेला परेको डिएसपी श्रेष्ठले जानकारी दिए। दुबै बालकको शव जिल्ला अस्पताल गौरमा पोष्टमार्टमको लागि राखिएको छ।


