रौतहटको कटहरियामा इस्टीमेट अनुसार कालोपत्रे नभएको भन्दै रोक

रौतहट ३० असोज
इस्टीमेट विपरित कालो पत्रे बनाइएको भन्दै रौतहटको कटहरियाका स्थानियले काम रोकेका छन ।ठेकेदारले इस्टीमेट अनुसार कालोपत्रे नगरेको भन्दै विहिबार स्थानियले कटहरियाको वडा नम्बर ७ बगहीमा उक्त काम रोकेका थिए । जलैया पुलदेखि बगहीसम्मको सडकखण्डमा अहिले कालो पत्रेको काम सञ्चालन भइरहेको छ ।स्थानियको अनुसार उक्त कालो पत्रेमा कमसल सामग्री प्रयोग भएको र नगरपालिकाका प्राविधिकले बनाइएको इस्टीमेट बमोजिम काम नगरेको आरोप रहेका छ । स्थानियले काम अवरोध गरेपछि ठेकेदार र स्थानियबिच छलफल भएको थियो । छलफलबाट कामदारहरुको गल्तिले इस्टीमेट अनुसार काम नभएको स्वीकार्दै अवस्थानियको माग बमोजिम कालोपत्रे गर्ने सहमति भएपछि सो कालोपत्रे काम पुन शुरु गरिएको सञ्चाचरकर्मी आरके श्रीवास्तवले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles