रौतहटमा मुसहर समुदायको गतिविधि बढ्दै

रौतहट २९ असोज
नेपाल राष्ट्रिय मुसहर संघले रौतहटमा आफ्नो गतिविधि बढाएको छ । मुसहर समुदायहरु फोहर हुने , सरसफाइमा ध्यान नदिने लगायत सामाजिक कामहरुमा संलग्न नहुने जातीको रुपमा हेरिने हुदा आफ्नो समुदायका ब्यक्तिहरुमा चेतनाको अभिवृद्धि गराउने उद्देश्यका साथ टोल सरसफाइ तथा सावुन पानीले हात धुने जस्ता क्रियाकलाप सञ्चालन गरेको मुसहर संघ रौतहटका अध्यक्ष बिनोद माझीले बताउनु भयो । बुधबार रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर २,३,४ र ५ मा सोही वडाका वडा अध्यक्षहरुको सहभागीतामा टोल सरसफाइ गर्नुका साथै बालबालिकाहरुलाई सावुन पानीले हात धुने क्रियाकलाप गरिएको अध्यक्षले बताउनु भयो । गुजराको वडा नम्बर २ को बरम टोल , ३ को सिम्रा , ४ को बौधी टोल र ५ को लक्ष्मिपुर मुसहर टोल सरसफाई गरिएको नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय उपाध्यक्ष नथुनी माझीले बताउनु भयो । त्यसैगरि विहिबार पनि विभिन्न स्थानमा सरसफाइ कार्यक्रम राखिएको समेत उहाले जानकरी दिनु भयो । सो सरसफाइ कार्यक्रममा वडा नम्बर २ का वडाअध्यक्ष अशोक चौधरी , ३ को गजेन्द्र चौधरी , ४ को पवनराज गिरी र ५ को आरिस मिया अन्सारी लगायत विभिन्न क्षेत्रका अभियनताहरुले सहभागीता जनााएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles