आफ्नै बाबुले गराए पैसा तिरेर छोरीको हत्या

इज्जत र प्रतिस्ठा जाने भन्दै लाखौ खर्चमा हत्या

रौतहट, १४ मंसिर । रौतहटमा गत कार्तिक २६ गते राती गोलि प्रहारि एक युबतिको हत्या भयो । सुतिरहेकि अमृता कुरारीको दाहिने कंचटमा गोलि हानी हत्या भएको थियो । आखिर कसले र किन जिल्लाको माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहा टोल बस्ने रामअयोध्या साह तेलीको १७ बर्षिया छोरी अमृता कुमारी साहलाई माइती घरमै मार्यो भन्ने प्रश्न अनउत्तरीत रहेको बेला जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको अनुसन्धान पश्चात् आइतबार गरेको पत्रकार सम्मेलनले छर्लङ बनाइदिएको छ । इज्जत, प्रतिष्ठा जाने डर र समाजमा अपहेलित जिवन व्यतित गर्नुपर्ने कारणबाट बाबु आमा र भिनाजुकै योजनामा १७ बर्षिया छोरीलाई गोली हानेर हत्या गराइएको रौतहट प्रहरीले सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरमा आईतवार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त घटनाका दोषीहरु सार्वजनिक गर्दै एसपी सिद्धीविक्रम शाहले मृतक अमृताको सोही स्थानका ३० बर्षिय सोसिन्द्र प्रसाद भगत संग विगत ३ बर्ष देखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दवावमा २०७६ साल फागुन महिनामा सर्लाही जिल्ला विष्णुपुर गाउँपालिका ३ मानकी साहको छोरा रुपेश साह संग मागि विवाह भएकोमा अमृताले प्रेमी संग मिलेर श्रीमान माथि छुरा प्रहार गराएर मार्ने सम्म गरेको,रुपेश माथि छुरा प्रहार भएपछि अमृतालाई माइती घर फिर्ता पठाएर गत असार महिनामा सम्बन्ध विच्छेद भएको र सम्बन्ध विच्छेद भएपश्चात श्रीमान पक्षबाट मृतक अमृता र निजको प्रेमी सोसिन्द्र प्रसाद भगत माथि ज्यान मार्ने उद्योग मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता समेत भएको एसपी शाहले जानकारी गराए । अमृता र सोसिन्द्र विचको प्रेम सम्बन्ध बुवा आमा तथा घरका अन्य सदस्यालाई स्वीकार्य नरहेको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी शाहले पत्रकार सम्मेलनमा जानकारी गराए ।
समाजमा इज्जत प्रतिष्ठा जाने र अपहेलित जिवन विताउनु पर्ने सोचेर वुवा रामअयोध्या र गौर नपा ६ सपगढा बस्ने मृतककि भैनाजु लक्ष्मण साहले अमृतालाई हत्या गर्न योजना बनाए । सो योजना अनुरुप परोहा नगरपालिका ४ का छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयामा भारतमा उपचारको बहानामा लगेर हत्या गर्ने तय गरियो । भारत विहारमा विधान सभाको निर्वाचनको कारण त्यहाँ योजना सफल हुनु अगावै अमृता भागेर पुन माईती घर आएको एसपी शाहले बताए । पहिलो योजना विफल भएपछि पुन ः रामअयोध्या र ज्वाई लक्ष्मणले अर्को योजना बनाए । देवाही गोनाही नगरपालिका २ करुनियाका कैमुल देवान, शेख अलियास, बहुदल भन्ने इस्लाम अन्सारी, शेख इम्ताजलाई १ लाख रुपैयामा हत्या गर्ने योजना अनुसार कार्तिक २६ गते राति अमृताको हत्या गराइएको पक्राउ परेका अभियुक्तहरुले बयान दिएको एसपि शाहले बताए ।
प्रहरी नियन्त्रणमा रहेका मृतक अमृताको वुवा रामअयोध्या, आमा सितादेवी साह, शेख अलियास, इसलाम अन्सारी, शेख इम्ताज, छोटेलाल सहित ६ जनालाई जिल्ला अदलात रौतहटबाट ज्यान सम्बन्धी कसुरमा आईतवार सात दिनको म्याद थप गराएर अनुसन्धान भईरहेको जानकारी दिदै एसपी शाहले कोभिडको कारण ज्यान सम्बन्धी अपराधमा अलि वृद्धि भएपनि समग्र रुपमा गत बर्षको तुलनामा अपराध घट्दै गएको बताए । समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी २४ सै घण्टा खटिरहेको हुँदा आम जनताको सहयोग सहकार्य भएमा रौतहटलाई अपराध मुक्त जिल्ला बनाएर छाड्ने प्रतिबद्धता समेत एसपी शाहले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles