१०० दिन सरसफाई कार्यक्रम हुने
रौतहट, ११ मंसिर
रौतहट को चन्द्रपुर नगरपालिका मा सरसफाईको कार्यक्रम को शुभारम्भ भएको छ । नेपाली काङ्ग्रेस बाट बिजयी रौतहट क्षेत्र न ४ प्रतिनिधि सभा सदस्य मा.देव प्रसाद तिमल्सिना को पहलमा र चन्द्रपुर नगरपालिकाको आयोजनामा चन्द्रपुर को मुख्य चोक सरसफाई कार्यक्रम भएको हो । अव्यवस्थित फोहोरमैलाले चन्द्रपुर नगर र चन्द्रनिगाहपुर मुख्य चोक नै कुरुप देखिएपछि चन्द्रपुर नगरपालिकाले सयदिने सरसफाई अभियानको सुरुवात भएको छ ।
बुधबार सासद तिमल्सिना को संयोजकत्वमा सडक डिभिजन कार्यलय रौतहट को प्राङ्गणमा बसेको छलफल बैठकले ,सडकको अतिक्रण क्षेत्र हटाउन सवै निकाय समन्वय गर्ने, दुर्घटना न्युनिकरण गर्ने उपाय खोजी गर्ने निर्णय भएको थियो। सडकमा राखिएका निर्माण सामाग्री हटाउने, सडकमा परेका बिधुतका पोल हटाउने प्रकृया बढाउने , इरिक्सा, टेम्पो लगायतका पार्किङको व्यवस्था गर्न नगरपालिकाले तत्काल काम शुरु गर्ने समेत सहमती भएको छलफलमा सहभागी युवा देवराज कार्कीले बताए ।

पटक पटक आफुले स्थानीय सरकार, सरोकार निकाय, सम्बन्धि निकाय संग फोहोर-महिला ब्यवस्थापन , पर्किङ्ग र अन्य ब्यवस्थापन को लागि पहल गर्दा हाल आएर सो अभियानले सार्थक पाएको प्रतिनिधि सभा सदस्य मा देव प्रशाद तिमल्सिनाले बताए । सो अभियन १०० दिन सम्म निरन्तर हुदा चन्द्रपुर को मुहार नै परिवर्तन हुने सासद तिमल्सिनाको टृढ बिश्वास रहेको बताए ।
चन्द्रपुर नगरपालिकालाई सदैव सफा, सुन्दर र हराफरा राख्न नगरपालिकाले सो अभियानको थालनी गरेको नगर प्रमुख राम चन्द्र चौधरीले बताउनु भयो । नगरलाई सफा राख्न नगरपालिकाको प्रयासले मात्र सम्भव नहुने भएकाले नगरवासी र सरोकार निकायहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने जिकिर गर्दै चौधरीले नगरलाई सफा राख्न नगरपालिकाले सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

सो सयदिने अभियान अन्तर्गत नगरपालिकाका १० वटै वडामा सरसफाई कार्यक्रम सञ्चालन गर्ने, सरसफाई सम्बन्धी जनचेतना कार्यक्रम चलाउने, पूर्व पश्चिम महेन्द्र लोकमार्गको २५ मिटर र बिरेन्द्र लोकमार्गको गौर–चन्द्रनिगाहपुर सडकखण्डको १५ मिटर खाली गराउने, सडकमा रहेका बिजुलीका पोलहरु सारिने, जथाभावी सडकमा राखिएका ठेलाहरुलाई व्यवस्थित गर्ने, सडकमा गरिने पार्किङ्ग हटाइने लगायतका कार्यक्रमहरु रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देलले जानकारी दिए ।
चन्द्रपुरका सब्र पक्षले गरेको निर्णय समयमा नै कार्यन्वयन हुन नसकेपछि स्थानिय युवाहरुले व्यापक बिरोध गरेका थिए । विहिबारबाट चन्द्रपुर चोकमा सडक क्षेत्रमा पर्ने क्षेत्रमा सरसफाइको कार्यको थालनी भएको भएतापनि सडकमा रहेको ठेला ब्यावसायहरु भने निर्धक्क ब्यावसाय सञ्चालन गर्दै आएका छन । सडक क्षेत्रमा रहेका विभिन्न संरचना तथा ठेला लगायतका फुटपातमा ब्यावसाय गरिरहेको नागरिकहरुको उचित ब्यबस्थापनमा पनि नगरपालिकाले ध्यान दिनु पर्नेमा युवा नेता सुमन गौतमले जोड दिएका छन । चन्द्रपुर नगरपालिकालाई सफा राख्ने हो भने आफ्नो घर, पसल, होटल, कार्यालयको फोहोर जथाभावी सडकमा नफालेर आफैले डस्बिनमा राख्ने र चन्द्रपुर नगरपालिको फोहोर फाल्ने गाडीमा हाल्नुपर्ने होटल व्ययसायी मदन सापकोटाको भनाइ छ ।

सो सरसफाई कार्यक्रममा चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मी, संचारकर्मी, व्यापारी लगायत आम सर्वसाधरणको पनि सहभागिता रहेको थियो ।









