गरुडा २४ मंसिर । रौतहटको गरुडामा मंगलबार सुरक्षित आप्रवासन परियोजना सामी अन्र्तगत वैदेशिक रोजगारी सम्बन्धि पत्रकारसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वदेशमा नै रोजगारी गरौ , वैदेशिक रोजगारीमा जाने नै भए सही सुचना लिएर सीप सिकेर मात्र जाओं भन्ने नाराका साथ सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत मंगलबार गरुडा नगरपालिकाको शिवनगर स्थित कृषि शाखाको सभा कक्षमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि पत्रकारहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । गरुडा नगरपालिकाका नगरप्रमुख ईनु राय यादवको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख रंगिला देवी जयसवालले कार्यक्रम सफलताको शुभकामना मन्तब्य दिनु भयो । हेल्वेटास नेपालका शिव चरण प्रसादले परियोजनाको बारेमा जानकारी दिनु भएको थियो । अन्तरक्रियामा रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सुरक्षित आप्रवासन सम्बन्धि विषेश जानकारी सहितको भनाई राख्नु भयो । माण्डवी रौतहटले रौतहटको गौर ,गरुडा तथा चन्द्रपुर नगरपालिका र दुर्गा भगवति गाउँ पालिकामा सञ्चालन भएको कार्यक्रममा हेल्वेटास नेपाल र सामी परियोजनाको सहयोग रहेको जनाइएको छ ।


