रौतहटको चन्द्रनिगाहपुरमा चिसोले कठ्याङ्ग्रीएर एक बृद्धको मृत्यु


मङ्सिर २७,चन्द्रपुर । रौतहट लगायत तराईका अधिकांश जिल्लाहरुमा चिसो बढ्दै गएको छ । रौतहटका केही दिन यता बाक्लो तुसारो लाग्ने क्रम त्रढ्दै जान थालेको छ । ंरौतहटका चिसो बढेसँगै चिसोका कारण कठ्याङ्ग्रिएर शनिबार बिहानै एक बृद्धको मृत्यु भएको छ । रौतहटको कटहरीया नगरपालिका वडा नम्वर २ जमुनिया घर भएका ६५ बर्षिय सुखारी सिंहको शनिबार बिहान मृत्यु भएको हो । मृतक सिंहका दम्पति केही समयदेखि रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ६ बजार स्थित घनश्याम साहको घरको पेटीमा बस्दै आएका थिए । सोही घरको पेटीमा सिमेन्टको चिसोले कठ्याङ्ग्रिएर सुतेको ठाउमा सिंहको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । मागेर गुजारा चलाउदै आएका सिहंकी श्रीमतीको आखाँ नदेख्ने भएकाले श्रीमानको मृत्यु भएसंगै उनको बिचल्ली हुने भएको छ । सम्बन्धित निकायले उनको उद्धार गर्नु पर्ने स्थानिय नागरिकहरुले अपिल गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles