चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ बार्षिक साधारणसभा सुरु

रौतहट २७ मंसिर । चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज देखि १२ औ बार्षिक साधारण सभा शुरु गरेको छ । संस्थाको आफनै भबनको प्राङ्गणमा साधारण सभाको उदघाटन चन्द्रपुर नगरपालिकाको सहकारी शाखाा प्रमुख चन्द्रकला बरालले गर्नु भएको छ । कोरोना भाईरसको कारण सबै सदस्य लाई एकै स्थानमा भेला गराएर सभा गर्न असम्भब भएपछि संस्थाले शनिबार  देखि क्रमबद्ध स्थान तोकेर सभाको आयोजना गर्दैछ । उदघाटन समारोहमा संस्थाका संचिब सञ्जय प्रसाद साहले संस्थाको आर्थीक बर्ष ०७७÷७८ को गतिबिधि प्रस्तुत गर्नु भएको थियो । जसअनुसार संस्थाको २० पटक बसेको बैठकले बिभिन्न निर्णय गरिएको जनाइएको छ । शेयर सदस्य संस्था २ हजार २ सय पुगेको जनाइएको छ । चन्द्रपुर अस्पताल संगको सहकार्यमा आफना सदस्य तथा गैर सदस्यहरु बिरामीहरु लाई आबश्यक पर्दा जुनसुकै समुहको ब्लड ग्रुप आकस्मिक रुपमा उपलब्ध गराएर जीबनदान गर्दै आएको सचिबको प्रतिबेदनमा उल्लेख गरिएको छ । कोषाध्यक्ष अनुपा श्रेष्ठको आर्थीक प्रतिबेदन अनुसार आर्थीक बर्ष ०७६÷७७ मा बचत संकलन तर्फ ७ करोड ५७ लाख १४ हजार ७ सय ४१ रुपैया रहेको र ८ करोड ५ लाख ९५ हजार २ सय ५७ रुपैया र शेयर पुजी १ करोड ७२ लाख १४ हजार पाँच सय रहेको उल्लेख रहेको छ । यस्तै कुल आम्दानी १ करोड ६१ लाख २९ हजार ६ सय ९८ रहेको जनाइएको छ । कुल खर्च १ करोड १९ लाख ५२ हजार ४ सय ६९ र खुद बचत आम्दानी ४१ लाख ७७ हजार २ सय २८ र बार्षिक वासलात ११ करोड १ लाख ६१ हजार २ सय २४ रहेको प्रतिबेदनमा उल्लेख छ । सोही सभामा लेखा संयोजक यादब प्रसाद घिमिरेले चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाको आर्थीक कारोबार पारदर्शी रहेको प्रतिबेदन पेश गर्नु भएको थियो । सो सभाको उदघाटन गर्नु हुदै चन्द्रपुर नगरपालिकाको सहकारी शाखाा प्रमुख चन्द्रकला बरालले आफना शेयर सदस्यको जीबन उत्थानको लागि संचालित सहकारी संस्थाको पारदर्शीताको लागि साधारण सभा हुनु राम्रो पक्ष रहेको बताउनु भयो । यस्तै सो सभामा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष देबकी नेपाल, राष्ट्रिय सहकारी बैक चन्द्रनिगाहपुरका प्रबन्धक रोशन कार्की, गुञ्जन एफएमका स्टेशन म्यानेजर सञ्जय कार्कीले चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभाको सफलताको शुभकामना दिनु भएको छ भने चन्द्रपुर साप्ताहिकका दिपु मिश्रको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष प्रकाश गहतराजको सभापतित्वमा भएको सभाको संचालन बसन्त आचार्यले गर्नु भएको थियो । सभाको अबसरमा दैनिक बचत कर्ता मध्ये चन्द्रपुर–४ निबासी टंक प्रसाद घिमिर, असल कारोबारी चन्द्रपुर–४ निबासी मिथिला खतिवडा, असल नियमित मासिक तर्फ चन्द्रपुर–४ निबासी लक्ष्मि न्यौपाने,असल बालबचत सदस्य चन्द्रपुर–४ निबासी प्रिन्स राना लाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ । संस्थाले जेष्ठ सदस्य ७२ बर्षिय दुत कुमारी सुबेदी लाई समेत दोसल्ला ओढाएर सम्मान गरेको थियो । संस्थाको सामाजिक क्रियाकलापमा अग्रणी भुमिका खेलेको भन्दै उपाध्यक्ष बसन्त आचार्य लाई प्रशंसा पत्र सहित सम्मान गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles