शिक्षक मणी कुमार प्रधानको उपचारको लागी कोरीयामा रहेका नेपालीको सहयोग

रौतहटको चन्द्रनिगाहपुरमा रहेर बिगत तीन दशक देखी शैक्षिक क्षेत्रमा अमुल्य योगदान पु¥याउदै आउनु भएका मणि कुमार प्रधान (माईकल सर) को लागी कोरीया बाट पनि सहयोग भएको छ । बैदेशिक रोजगारकd लागी कोरीयामा रहेका युवाहरुले शिक्षक मणी कुमार प्रधानको को उपचारको लागी त्रीपन्न हजार एक सय पच्पन्न रुपैया“ सहयोग गरीएको छ ।
चन्द्रनिगाहपुरमा शैक्षिक क्षेत्रका धरोहर मानिएका शिक्षक मणी कुमार प्रधान मृगौलाको समस्या संग जुध्दै आउनु भएको थियो र हाल आएर उहा“को दुबै मृगौला नै प्रत्यारोपण गर्नु पर्ने भएको र आर्थिक संकट परेको खबर आफुलाई युथ अफ चपुर नामक क्लब बाट थाहा भए लगतै सहयोगको लागी पहिले देखीनै रकम संकलन गरीएको चन्द्रपुर ०५ घर भई हाल कोरीयामा रहेका दर्शन सापकोटाले बताए । नेपालको बिभिन्न शहर–गाउबाट बैदेशिक रोजगारीको लागी गएका २५ जना युवाहरुले सहयोग गरेको सापकोटाले बताए ।
कोरीया बाट पठाएको रकम चन्द्रपुरका युवा ब्यवसायी तथा समाजसेवि दिवाकर सापकोटा, ओप प्रतिक सापकोटा र अभि घिमीरेले शनिवार शिक्षक मणीको निवासमा पुगेर हस्ताण्तरण गरेका छन् ।
चन्द्रनिगाहपुरको शैक्षिक अवस्थालाई यति धेरै उचाई सम्म पुर्याउनु हुने गुरुलाई उपचारको निमत्ति सबैले मिलेर सहयोग गर्नु पर्ने बताए । यस भन्दा अघि पनि युवा ब्यवसायी तथा समाजसेवि दिवाकर सापकोटाले नगद दस हजार रुपैया र बिभिन्न निकायका भनसुन गरी सहयोग गर्नु भएको थियो ।


यस्तै चन्द्रपुरमा रहनु भएका दर्शन सापकोटाका दाजु तथा युवा ब्यवसायी ओप प्रतिक सापकोटाले सहयोग गर्न पाउदा निकै खुशी ब्यत्त गर्नु भयो । शिक्षा क्षेत्रमा उहाको योगदान अमुल्य छ, एउटा शिक्षक भएर पनि उहाले हजारौलाई शिक्षित बनाई सकनु भएको छ,उहाको योगदान कदर गर्दै हामीले सहयोग गर्नु पर्छ,ओप प्रतिक सापकोटाले भावुक हुदै भने ।


शिक्षक मणी कुमार प्रधानको बिगत पा“च वर्ष देखी मृगौलाको समस्या संग जुध्दै आउनु भएको थियो । ्अहिले उहा“को दुबै मृगौला फेल भएको कारण मृगौला नै प्रत्यारोपण गर्नु पर्ने अवस्था अएको छ । चन्द्रपुरमा रहेको युथ अफ चपुर नामक क्लबले यस भन्दा अघि पाच लाख रकम संकलन गरीसकेको छ ।अझै पनि रकम अभाव भएको कारण,उपचारमा कठिनाई भएको युथ अफ चपुरका संस्थापक सचिव बिवेक घिमीरेले बताए ।

साथै सहयोगको लागी नेपाल एस बि आइ बैकंमा मणि कुमार प्रधान को नाम रहेको खाता नः २३९१५२४१४०१९३५ मा जम्मा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles