गरुडा/ ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले साबधानीमुलक रिफ्लेक्टिङ स्टिकर टास्ने कार्य सुरु गरेको छ ।
गरुडा मा रहेको अस्थायी ट्राफिक पोष्ट्ले दर्जनौ ट्याकटर लगाएत सवारिमा रिफ्लेक्टिङ स्टिकर आइतबार देखि टास्ने कार्य सुरुवात गरेको छ ।
रौतहट लगाएत तराईमा बढ्दो सितलहर र हुसुको कारण दुर्घटना को जोखिम बढ्ने हुदा स्टिकर टास्ने कार्य सुरु गरेको जिल्ला ट्राफिक कार्यलय रौतहटले जनाएको छ ।
आइतबार इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरि नायव उपरीक्षक रवि रावल र एपि.वान टेलीभिजन रौतहटका संवाददाता सागर हुमागाईले संयुक्त रुपमा साबधानिमुलक स्टिकर टासेर सुरुवात गर्नु भएको हो ।
रौतहटमा हुस्सु र कुइरोले गर्दा सवारी दुर्घटना बढ्ने गरेको हुदा सवारी लागाएत पोल पोलमा ड्रमहरुमा र टर्निङ्ग पोइन्ट मा विभिन्न साबधानिमुलक सामाग्री राख्ने जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहट का प्रमुख शैलेश नेउपानेले बताए ।
जिल्लामा पछिल्लो समय दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरिले विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।


