टुँडिखेल घेर्दै नागरिक समाजले घोषणापत्र जारी गर्ने


६ फागुन, काठमाडौं
नागरिक समाजले भोलि फागुन ७ गते टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको छ ।‘बृहत नागरिक आन्दोलन घोषणापत्र २०७७’ नाम दिइएको उक्त दस्तावेज टुँडिखेलमै हुने सभाबाट सार्वजनिक गर्न लागिएको हो ।बिहीबार नेवारी, डोटेली, मैथिली, नेपालीलगायत बहुल भाषामा विज्ञप्ति जारी गर्दै नागरिक समाजले टुँडिखेल मार्चमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘सत्तरी वर्षदेखि बाँकी रहेका सबै सवाल उठाउँदै, सबैखाले प्रतिमगनविरुद्ध एक होऔं
विज्ञप्तिअनुसार टुँडिखेल आम नागरिकको स्वामित्व भएकाले त्यो नाागरिककै अधिकारक्षेत्रमा आउनुपर्ने माग राखिएको छ ।भद्रकाली, सहिदगेट भएर मार्च पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्ने कार्यक्रम छ । त्यसपछि हुने सभामा बृहत नागरिक आन्दोलनले इतिहासकै पहिलो औपचारिक घोषणापत्र जारी गर्ने छ । त्यसपछि कविता वाचन र मन्तव्य हुनेछ ।बिहीबार प्रचण्ड–माधव समूहले मानव साङ्लोले टुँडिखेल घेराउ गरेकोले नागरिक समाजले भने मार्चमात्र गर्ने बताएको छ । त्यसक्रममा विशाल टुँडिखेललाई एक फन्को लगाई पश्चिम गेटबाट नागरिक मार्च टुँडिखेल प्रवेश गर्ने कार्यक्रम रहेको छ ।बिहीबार नै स्वास्थ्य, शिक्षा, इञ्जिनियरिङ क्षेत्रका अधिकारकर्मीहरूले पनि आ–आफ्ना तर्फबाट टुँडिखेल मार्चमा सहभागी हुन भिडियोमार्फत अपिल गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles