कर्मचारीको ध्यान पैसैमा,सेवाग्राही सधै मारमा

रौतहटका सरकारी कार्यालयहरुमा बेथिति बढ्दै गएको जनगुनासो बढ्दै जान थालेको छ । जिल्लाको गौर,गरुडा,मौलापुर अनि चन्द्रनिगाहपुरमा रहेका मालपोत कार्यालयमा कर्मचारीको मनपरी बढ्दै जान थालेको सेवाग्राहीको गुनासो छ । सबै भन्दा बढी बेथिति चन्द्रनिगाहपुर मालपोतमा बढेको गुजरा नगरपालिकाका स्थानिय प्रकाश चौधरीले आरोप लगाए । जग्गा ब्यवसाइ र मालपोत हाता भित्र,बाहिर लेखापढी ब्यवासय संचालन गरेर बसेकाहरु सङको साठ्गाठमा काम हुने गरेको भएपनि आम सेवाग्राहीको काम विभिन्न बहानामा अल्झाउने,आर्थिक लाभ लिन हुने काम पनि समयमा नगर्ने परिपाटी चन्द्रनिगाहपुर मालपोतमा बढ्दै गएको जनगुनासो बढे पनि जिल्ला प्रशासन कार्यालय मौन बसेको आरोप सेवाग्राहीको छ । नहुने काम पनि भित्र भित्र पैसा लिएर हुने गरेको,पुर्जा निकाल्न १ सय देखि ५ सय तिर्नुपर्ने हैकमी शैली लादेको चन्द्रनिगाहपुर मालपोतमा केही सुब्बाको दबदबाका कारण नियामनकारी निकाय मौन बसेको चौधरीको आरोप छ । स्थानीय जग्गा ब्यवसाई र कर्मचारीको मिलेमतोमा कर्मचारीले पैसा लिएर राजिनामा पास लगाउने लगाएतका काम गरेर पुर्जा भने कार्यलय खुलेकै दिन दिने भन्दै रकम कुम्ल्याउन लागि परेको समाचारस्रोतले बताएको छ । कमाउन नपाएका मालपोत कार्यालयका कर्मचारीहरु यतीबेला खुसुक्क कार्यालयमा जाने र आर्थिक लाभ दिने मान्छेको मात्रै काम गर्ने ठेक्का लिएर बसेका छ्न । जनताले तिरेको कर बाट तलब सुबिधा लिने कर्मचारीले आफ्नो नैतिक धर्म,काम कर्तव्य र अक्थियारको चरम दुरुपयोग गर्दा समेत जिल्ला प्रशासन कार्यालयले अनुगमन नगर्दा सेवाग्राही सधै मारमा पर्दै आएका छ्न । चन्द्रपुर नगरपालिकाकै भ्रष्ट कार्यलयका रुपमा चिनाउन सोही कार्यालयका केही पहुचवाला कर्मचारी लागि परिरहदा नियामनकारी निकाय नभएको आभास सेवाग्राहीले गर्दै आएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles