चन्द्रपुर । चन्द्रपुर नगरपालिका ७ बनबहुअरीमा पशु सेवा केन्द्र स्थापना गरिएको छ । मंगलबार “एक वडा एक पशु सेवा केन्द्रको अवघारणा ” अनुसार चन्द्रपुर नगरपालिका पशु सेवा शाखा अन्तर्गत चन्द्रपुर नगरपालिका पशु सेवा केन्द्र बनबहुअरीको उद्घाट्न मेयर रामचन्द्र चौधरीले र पशु सेवा शाखा चन्द्रनिगाहपुरका प्रमुख खडक कुमार मैनालीले संयुक्त रुपमा गर्नु भएको हो । सेवा केन्द्रबाट नि.शुल्क गोवर जाच, २५ रुपैयामा गाई भैसीमा कृत्रिम गर्भाधान सेवा, नि.शुल्क रुपमा माईनर सर्जिकल, गाई,भैसी,वाख्रामा खोप सेवा , नियमित उपचार लगाएतका सेवा सुचारु हुने चन्द्रपुर नगरपालिका पशु सेवा शाखाका प्रमुख खडक कुमार मैनालीले जानकारी गराउनु भएकोे छ । चन्द्रपुर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष बिष्णु प्रसाद उप्रेतिको अध्यक्षताका पसु सेवा केन्द्रको उद्घाटन भएको हो ।


