चन्द्रपुर । चन्द्रपुर नगरपालिका ३ गैंडाटारमा पशु सेवा केन्द्र स्थापना गरिएको छ । सोमबार एक वडा एक पशु सेवा केन्द्रको अवघारणा अनुसार चन्द्रपुर नगरपालिका पशु सेवा शाखा अन्तर्गत चन्द्रपुर नगरपालिका पशु सेवा केन्द्र गैडाटारको उद्घाट्न मेयर रामचन्द्र चौधरी, उपमेयर रामरती चौधरी, र पशु सेवा शाखा चन्द्रनिगाहपुरका प्रमुख खडक कुमार मैनालीले संयुक्त रुपमा गर्नु भएको थियो । कार्यक्रममा वडाका वडा सदस्यहरु गोविन्द तिमिल्सिना,भिम प्रसाद तिमिल्सिना , जिस्मीता वि.क., र जय चौतारी दुग्ध उत्पादक सहकारी संस्था लि. गैडाटारका अध्यक्ष लिलाधर तिमिल्सिना लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । सेवा केन्द्रबाट नि.शुल्क गोवर जा“च, २५ रुपैयामा गाई भैसीमा कृत्रिम गर्भाधान सेवा, नि.शुल्क रुपमा माईनर सर्जिकल, गाई,भैसी,वाख्रामा खोप सेवा , नियमित उपचार लगाएतका सेवा सुचारु हुने चन्द्रपुर नगरपालिका पशु सेवा शाखाका प्रमुख खडक कुमार मैनालीले जानकारी गराउनु भएकोे छ । चन्द्रपुर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष वोधनाथ देवकोटाको अध्यक्षताका संचालित कार्यक्रमको संचालन पशु सेवा शाखाका अधिकृत दुर्गा प्रसाद चिमोरियाले गर्नु भएको थियो ।


