झुठा मुद्धामा नेता आलमलाई फसाईयो:सभापति देउवा

गढ़िमाई । पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशको बर्तमान अवस्थाका बारेमा आफु र नेपाली काँग्रेस पाटी चिन्तित रहेको बताउनुभएको छ ।
रौतहटको गढिमाई नगरपालिका ६ सिंगारमन धर्मपुर स्थित श्री विष्णु महायज्ञको उदघाटन गर्न आउनुभएका काँग्रेस सभापति देउवाले नेपाली काँग्रेसले मात्र देशलाई निकास दिन सक्ने र सत्यको पक्षमा उभिने पाटी भएकाले देशको वर्तमान राजनीतिक अवस्था हेरेर आफू चिन्तित रहेको र आउँदा दिनमा सत्यलाई मात्र साथ दिने बताउनुभएको हो । उहाँले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई आवश्यकता परेको खण्डमा नेपाली काँग्रेसले निकास दिन तयार रहेको बताउनुभयो र्। दुई तिहाई जनताको मत पाएर पनि सत्ता संचालन गर्न नसक्ने नेकपाका कारण संघिय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था माथिनै खतरा उत्पन्न भयो,उहाँले भन्नुयो मुुलुकलाई नेपाली काँग्रेसको अवश्यक्ता पर्यो भने निकास दिन हामी तयार छौं ।’

सत्ता संचालन कसरी गर्ने वारे नेकपा भित्रको आन्तिरिक विवादको कारण सिंगो मुलुकलाई नै अनिर्णयको वन्दि बनाउने, आपसी गुटवाजी गरी पार्टी विभाजन तर्फ जाने जस्ता कार्यबाट नेपाली जनताहरु आजित भएको परिवेशमा यो व्यवस्था जोगाउन नेपाली काँग्रेसले कुनै कसर बाँकी नछोड३ने उहाँको भनाई थियो । सकारात्मक भुमिका निर्वाह गर्ने बताए । सभापति देउवाले विभिन्न झुठा मुद्दाहरुमा कांग्रेसको युवा नेता मोहमद आफताव आलमलाई नेकपा सरकारले फसाएको आरोप लगाउँदै उहाँले उक्त मुद्दा अदालतमा रहेकोमा प्रक्रियागत रुपमा उहाँ माथि लागेको मुद्दालाई सम्बोधन गराई कारागारबाट मुक्त गराउने प्रतिवद्धता समेत जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles