नेपाल पक्षको भेला सुरु,पुराना बामपंथी नेताहरु उपस्थित

काठमाडौं । पुराना वामपन्थी नेताहरु नेकपा एमालेको माधवकुमार नेपाल पक्षमा खुलेका छन्। बुधबार ललितपुरको सानेपामा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा पुराना नेताहरुलाई उच्च महत्वको साथ मञ्चमा स्थान दिइएको छ। भेलामा सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द ज्ञवाली लगायतका पुराना वामपन्थी नेताहरु मञ्चमै उपस्थित भएका छन्।

कार्यक्रमको उद्घोषण गरिरहेका गरेका सुरेन्द्र पाण्डेले अन्य पुराना नेताहरु पनि आएको जानकारी गराएका छन् । प्रदीप नेपाल उपचारका लागि नियमित फ्लोअपमा जानु परेकाले उपस्थित हुन नसकेको बताइएको छ। साथै, राधाकृष्ण मैनाली समेत माधव पक्षको भेलामा उपस्थित हुने जानकारी पाएको पाण्डेले बताए।साभार सौर्य अनलाईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles