कटहरीया–रौतहट जिल्लाको कटहरिया नगरपालिकामा फ्रि वाईफाइ जोनको उद्वघाटन गरिएको छ ।
नगरप्रमुख सियाराम कुशवाहाले एक कार्यक्रमका बिच बिहीवार उद्घाटन गरिएको हो । उद्घाटन पश्चात् कटहरिया नगरवासीहरूले निःशुल्क रूपमा ईन्टरनेटको सुविधा प्रयोग गर्न पाउने छन् ।
कटहरिया नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म फ्रि वाईफाई जोन संचालन गरिने छ ।
नगरभरिमा कुल ५४ वटा स्थानमा फ्रि वाईफाई जोन संचालनमा ल्याईने कटहरिया वडा नम्बर ४ का वडाध्यक्ष एवम् नगर प्रवक्ता चन्दन कुशवाहाले जानकारी गराए ।
कटहरिया नगरपालिकाको प्रत्येक वार्डको पा“च ठाउ“मा फ्रि वाईफाई संचालनमा ल्याइने उनले बताए । कटहरिया नगरपालिकाले आफनो नगरबासीहरू लाई निःशुल्क रूपमा ईन्टरनेट सुविधा उपलब्ध गराउने नगरसभा बाट नै घोषणा गरेको थियो । कटहरिया नगरपालिकाले लाखौंको लागतमा नगरवासीहरू लाई निःशुल्क वाईफाई उपलब्ध गराउन लागेको हो । यस अवसरमा कटहरिया नगरप्रमुख कुशवाहा स“गै नगर प्रवक्ता चन्दन कुशवाहा,कार्यपालिका सदस्य रामप्रवेश साह,बिनोद साह सहित दर्जनौं व्यक्तिहरूको सहभागिता रहेको थियो । टेक माइण्डस ईन्टरनेट कम्पनीले कटहरिया नगरपालिकाको सहयोगमा फ्रि वाईफाई नगरभरिमा उपलब्ध गराउन लागेको हो । भविष्यमा नगरवासीलाइ उक्त कम्पनीले कसरी सेवा दिने हो त्यो हेर्नुपर्ने बा“की नै छ ।


