मोही हटाउन व्यक्तिको थरनै गायब,जग्गा दलाल र कर्मचारीको मिलेमतोको आशंका

चन्द्रपुर–जग्गा दलाल र सरकारी कार्यलयको मिलेमतोमा कति सम्म गैरकानुनी काम हुन्छ भन्ने उदाहरण बनेको छ चन्द्रपुर ४ मा रहेको १३८५ नम्बर कित्ताको १८ धुर जग्गा ।
मोहीको नाम थर रहदा रहदै भूमि सुधार तथा मालपोत कार्यालय गौरले मोहीयानी हक भएका व्यक्तिलाई मृत्यु भईसकेको र नातागोता कोही नरहेको भन्दै बेपत्ते ठहर गरेर १८ धुर जमिनलाई लगतबाट हटाउने फैसला गरेको लामो समयपछि खुल्न आएको छ ।
२०२१ सालको सर्बे नापी अनुसार नापी कार्यालयको फिल्डबुकमा साबिक चन्द्रनिगाहपुर गाबिस–१ स्थीत किता नम्बर २ सय २० को १९ कठा जमिनमा गोमा कुमारी मगर जग्गा धनी रहेको जग्गाको मोही महलमा किसान बखत बहादुर चौहान क्षेत्रीनै कायम रहेको भएपनि उक्त जमिन खरिद गरेका शंकर राय यादवको कित्ता नम्बर १३८५ को १८ धुर जमिनमा मोही बखत बहादुर चौहान क्षेत्रीको पुरा नाम भुमि सुधार तथा मालपोत कार्यालय गौरको स्रेस्तामा रहेपनि कार्यालयले थर हटाएर गलत प्रक्रिया अपनाउदै आर्थिक चलखेलमा मोही लगत कट्टा गरेको पाइएको हो । भूमि सुधार तथा मालपोत कार्यालय गौरले जग्गा धनीको मिलोमतोमा किता नम्बर २२०को जमिनको मोही बदर गर्दै किता नम्बर ५७० र ५७१ कायम गरेको र सोही आधारमा पुन किता नम्बर ५७१ बदर गरी कितानम्बर ७५९ र ७६० कायम गरेपछि कायम भएको कितानम्बर ७६० बदर गरी १०१३ र १०१४ कायम गरेको पाईएको छ ।
त्यस्तै किता नम्बर १०१४ बदर गरी र १०३२, १०३३ र १०३४ कायम गदै कितानम्बर १०३४ बदर गरी १०८४ र १०८५ कायम गरेको खुल्न आएको हो । सोही १०८५ नम्बर किताको १८ धुर जमिनको मोही बखत बहादुर चौहान क्षेत्रीको गलत प्रक्रियाबाट भुमी सुधार तथा मालपोत कार्यालय गौरले मोही हटाउने फैसला गरेपछि उनका नातीले अख्तियारमा समेत उजुरी दिएका छन् ।
सो जमिनको १ नम्बर मोहीको लगत स्रेस्तामा मोही बखत बहादुर चौहान क्षेत्री हुदा हुदै भूमि सुधार तथा मालपोत कार्यालय गौरले बखत बहादुर मात्रै जनाएर ०७६ साल भदौ २ गते तत्कालिन कार्यालय प्रमुख सिताराम थापाको ईजलासले मोही कायम रहेको उक्त जमिनको लगत कट्टा गरेर मालपोत कार्यालय चन्द्रनिगाहपुरमा स्रेस्ता जनाउन पत्राचार गरेर मोठबाट मोहीको नाम हटाईसकेको छ ।
चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ का अध्यक्ष अमर आलेले समेत पेश गरेको स्रेस्ता नहेरीकनै बखत बहादुरको ०३२ साल अगाबै कलगतीले मृत्यु भएको र नीजको पत्नी, छोरा, छोरी, दाजु भाई समेत कोही नभएको सिफारिस गरेका छन तर बखत बहादुर चौहान क्षेत्रीको जिल्ला प्रशासन कार्यालय रौतहट बाट ०३५ असोज ११ गते नागरिकताको प्रमाण पत्र बनेको अभिलेखमा उल्लेख छ ।
वडाअध्यक्ष आलले सिफारिस लिन आउदा लालपुर्जामा बखत बहादुर मात्रै रहेकोले सोही आधारमा आफुले सिफारिस गरेको बताएपनि उनले जारी गरेको सर्जमिन मुचुल्कामाथीनै शंका उत्पन्न भएको छ ।
उता बखत बहादुर चौहान क्षेत्रीको नाती कौशल चौहानले ०६४ साल चैत्र ४ गते हजुर बुवाको निधन भएपनि वडा कार्यालयले गैरजिम्मेबार तबरले ०३२ सालम मृत्यु भएको सिफारिस गरेको र सर्जमिन मुचुलकामा समेत जथाभावी नाम राखेर सिफारिस गरि आफुहरुको हक मार्न खोजेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles