रौतहटमा विद्यालय व्यवस्थापन समितिको विषयमा झडप,१३ जना घाइते, दुई पक्राउ

गौर–रौतहटमा विद्यार्थी भर्ना विषयमा दुई पक्षीय झडप भएको छ । रौतहटको माधवनारायण नगरपालिका– ४, स्थित मावि विष्णुपूर्वामा दुई पक्षबीच झडप भएको हो ।
झडपमा दुबै पक्षका गरी १३ जना घाइते भएको रौतहट प्रहरीले जनाएको छ । विद्यालयका प्रधानाध्यापक राजेश यादव तथा विद्यालयको व्यवस्थापन समितिका पूर्वध्यक्ष देवनारायण भगत मालीको समूह र वडा ४ का वडाध्यक्ष रामदेनी मुखियाको समूहबीच झडप भएको हो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवनारायण भगतको गत वैशाखमा निधन भएको थियो । व्यवस्थापन समितिको अध्यक्षका लागि माओवादीबाट निर्वाचित वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखियासहितले आफ्नो पक्षबाट अध्यक्ष हुने बताउदै आएका थिए । जसपा पक्ष मानिने पूर्वध्यक्ष मालीका नाति पारस भण्डारीसहित प्रधानाध्यापकको समूहले आफू अनुकुलकै मान्छे अध्यक्ष हुनुपर्ने अडान राख्दै आएका थिए ।
विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष विद्यालयमा अध्ययरनत विद्यार्थीका अभिभावक मात्रै हुन पाउने प्रावधान छ । त्यसैका लागि आइतबार वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया बच्चा भर्ना गराउन विद्यालय पुगेका थिए ।
तर, प्रअले विद्यार्थी र अभिभावकलाई ल्याए मात्रै भर्ना गर्ने बताएपछि दुबै पक्षबीच भनाभन हुदै झडप भएको हो । झडपमा एउटा पक्षका ७ र अर्को पक्षको ६ जना गरी १३ जना घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी शिद्धिबिक्रम शाहले जानकारी दिए ।
दुबै पक्षका मुख्य एक–एक जना गरी दुई जना प्रहरीको नियन्त्रणमा रहेको उनले बताए । मुख्य दुई जना हाम्रो नियन्त्रणमा छ,उनले भने,बा“कीको उपचार हुदै छ । सबै सामान्य घाइते छन् । घटना विषयमा आवश्यक अनुसन्धान र कारबाही हुदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles