दुर्गेशको ख्यास्स पुतली गीत विवादमा

एजेन्सी–गायक दुर्गेश थापाको नया“ गीत बीच्च बीच्चमा ४– ख्यास्स पुतली विवादमा तानिएको छ । गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टीका टिप्पणी गरिएको छ । विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो ।
बीच्च बीच्चमाको चौथो सिरिजको रुपमा दुर्गेशले केही दिन अगाडि बजारमा ल्याएको यो गीतप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले समेत आपत्ति जनाएको छ ।
केही महिना अगाडि तीज गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोधसमेत गरेको आफ्नो अनुरोधको बेवास्ता गर्दै दुर्गेशले गीत ल्याएको भन्दै आपत्ति जनाएको हो ।
दुर्गेशले गीत सार्वजनिक गर्नु अगाडि प्रतिष्ठानअन्तर्गत गठित विकृति विसंगति न्यूनीकरण समितिले गीतमा प्रयोग भएको शब्द ख्यास्स पुतली हटाउन दुर्गेशलाई ध्यानाकर्षण पत्रसमेत काटेको थियो । पैसा र चर्चाभन्दा कलाकारितामा नैतिकता र इमान्दारिता महत्वपूर्ण हुने प्रतिष्ठानले दुर्गेशलाई भनेको थियो । तर, दुर्गेशले उक्त शब्द नहटाइ गीत बाहिर ल्याएका छन् ।
प्रतिष्ठानले गरेको पटक पटकको अनुरोध दुर्गेशले बेवास्ता गरेको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । गीत ल्याउने हल्ला चले लगत्तै हामीले मौखिक तथा पत्र मार्फत पनि दुर्गेशलाई अनुरोध गरेका थियो ।
गीतमा भल्गारिटी नल्याउन, तीज हाम्रो संस्कृति हो भनेर पनि भनेका थियो प्रतिष्ठानका अध्यक्ष बिजीले भने दुर्गेशले व्यक्तिगत रुपमा मैले चर्चा कमाएको छु । राज्यले त केही गरेको छैन । संघसंस्थाले के गर्न सक्छ भन्दै हाम्रो अनुरोध टेर्नुभएन ।प्रतिष्ठाको क्षेत्राधिकारभित्र यस्ता गीतलाई छेक्ने अधिकार नभएको समेत बताएका अध्यक्ष बिजीले प्रतिष्ठानले संस्थाबाट उनलाई हटाएर कुनै पनि क्रियाकलाप सहभागी नगराउन निर्णयसमेत गर्न लागेको जानकारी दिए ।जुलाई २३ मा रिलिज भएको गीतमा संगीत, शब्द र स्वर दुर्गेशकै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles