गौर । हत्या गरेर फरार रहेका एक आरोपितलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय कुस्ति खेलाडी उपेन्द्र दास बैरागिको गोली हानि हत्या गरेको अभियोगमा फरार रहेका प्रतिवादी १० बर्ष पछि पक्राउ परेका छन् । जिल्ला अदालत रौतहट अगाडि बेलुकीको समयमा लोडसेडिङको मौका छोपी राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीलाई गोली प्रहार भएको थियो । गोली लागि गम्भीर घाइते भएका बैरागीको उपचारका क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको थियो।
बैरागी हत्यामा संलग्न कर्यव्य ज्यान मुद्धमा वारदात पश्चात फरार रहेका रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ७ बस्ने जगदेव हजराको छोरा सोनफी पासवान भन्ने सोनफी हजरालाई १० बर्ष पछि गौरबाट पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी सिद्धी बिक्रम शाहले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले हत्याकाण्डमा संलग्न हजराले गौर नगरपालिका वडा नं. ५ सडक खण्डमा हिलडुल गरी रहेको अवस्थमा पक्राउ गरेको प्रहरी उपरीक्षक शाहले बताए। पक्राउ पछि हजरालाई बुधबार नै जिल्ला अदालत गौरमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


