दुर्घटनामा बेपत्ता महिलाको शव भेटियो

बागमती । गत सोमबार नुनथर बागमती नहरमा भएको दुर्घटनामा बेपता भएकी तीर्थ यात्रीको  शव फेला परेको छ ।
बोलबम तीर्थयात्री  बोकेको पिकअप  गाडी नहरमा खस्दा बेपता  महिलाको शव बुधवार दिउसो फेला परेको प्रहरीले जनाएको छ । ना ५ च ३१६६ नम्बरको पिकअप  गाडी  अनियन्त्रित भई  नहरमा खस्दा सो गाडीमा सवार  बारा जिल्लाको कोल्बी नगरपालिकी ६५ बर्षकी सोनरी देवी मुखिया बेपत्ता भएकी थिइन् । उनको शव चन्द्रनिगाहपुर बागमती सडक खण्डको लच्का नजिकै फेला परेको ईलाका इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले जनाएका छन ।
सो  दुर्घटनामा परी  सोही नगरपालिका बस्ने ४५ बर्षकी मिना देबी कोईरीको घटना स्थालमै ज्यान गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles