४ जना बालिकाहरुको भारतबाट उद्दार

बारा–बारा प्रहरीले हराएका ४ जना बालिकाको उद्दार गरी अभिभावकको जिम्मा लगाएको छ ।
बारास्थित देवताल गाउ“पालिका–१ बडकीफुलवरिया टोल निवासी नरेश साह गोठका ४ जना छोरीहरू १२ वर्षीया काजल कुमारी, १० वर्षीया आचल कुमारी, ८ वर्षीया अञ्जली कुमारी र ६ वर्षीया नेहा कुमारीको भारतबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रवक्ता एवं डीएसपी गौतम मिश्रले जानकारी दिए ।
उनीहरु साउन २७ गतेदेखि आफ्नै घरबाट हराएको भन्दै बुबा नरेश साह गोठले साउन २९ गते निवेदन दिएका थिए ।
सो निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतको श्रीसियामा देखिएको सूचनाको आधारमा भारतीय प्रहरीस“ग समन्वय गरी बालिकाहरुको सकुशल उद्दार गरी नेपाल ल्याइएको डीएसपी मिश्रले बताए ।
प्रहरीले जानकारी पाएको २४ घण्टाभित्र फेला पारी सकुशल उद्दार गरी बुवा नरेश साहको जिम्मा लगाइएको छ ।
उक्त बालिकाहरु कसरी श्रीसिया पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles