चन्द्रपुर–पूर्व–पश्चिम राजमार्ग अन्तर्गका अधिकासं पुलहरु सा“धुरा तथा जीण हुदा समस्या भएको छ ।
तत्कालिन राजा महेन्द्रको पालामा विक्रम सम्वत २०१९ सालमा निर्माण शुरु गरिएको सो राजमार्गमा अधिकासं पुलहरु सोही समय आसपास निमार्ण भएका हुन् । सो बेलाको सवारी साधनको चाप र भार वहान र अहिलेको सवारीको चाप र भार वहान आकास जमिनको फरक भएपनि पुलको अवस्था भने जस्ताको तस्तै रहेका छ ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर अन्तर्गत रौतहटको धन्सार पुलदेखि सर्लाहीको बा“के पुलसम्म साना ठुला गरेर ३३ वटा पुलहरु र ११ वटा कल्भर्ट रहेका छन् । ती पुलहरुको सरदर चौडाइ साढे ५ मिटरदेखि ६ मिटरसम्म रहेका छन्,जुन दुइ लेनभन्दा पनि सानो हो । त्यसमाथि ठुला पुलहरुको दुबैतर्फ पैदल यात्रु हिड्नको लागि बाटो छुट्याइएको हुन्छ । दुइलेनमा सरदर चौडाइ ७ देखि साढे ७ मिटरसम्म हुन्छ ।
राजमार्गका पुलहरु धेरै सा“घुरो हुनाले ट्राफिक व्यवस्थापन निकै चुनौतिपूर्ण बन्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट प्रमुख प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको भनाइ छ । उहाँका अनुसार सा“घुरा पुलमा दोहोरो गाडी नचल्ने भएकाले एकातिरबाट गाडी आउदा अर्कोतर्फ पर्खनुपर्दा दैनिकजस्तो पुलहरुमा सवारीसाधनको जाम लाग्ने गरेको छ ।
राजमार्गमा रहेका अधिकासं पुराना पुलहरु कम्पोजिट फम्र्याटमा निमार्ण गरिएका छन् । जुन पुलमा तल मेटल फ्रेम र माथि कंक्रिटको संरचना राखेर बनाइएको छ ।
दशकौ पहिलाको सवारी चापलाई मध्यनजर गरेर बनाइएको पुलले अहिलेको सवारी चापलाई धान्न असम्भवजस्तै भएपनि त्यसको कुनै विकल्प भने सवारी चालकहरुस“ग छैन् ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रौतहटको तथ्याङ्क अनुसार नेपालभरी सवारी करिब ३५ लाख सवारी साधनहरु रहेका छन् भने वार्षिक करिब ४ देखि ६ लाख सवारी साधनहरु थपिने गर्छन् । एक त सा“घुरो पुल त्यसमाथि पुलमाथिका अधिकासं सडकहरु भत्किएर जिर्ण भएका छन् । जसले गर्दा पुलहरुमा दैनिकजसो सानाठुला दुर्घटनाहरु भइरहन्छन् । पुलकै कारण सवारी चलाउनु निकै चुनौतिपूर्ण रहेको सवारी चालक नरराज आर्चायको गुनासो छ । पूर्व पश्चिम राजमार्गमा दैनिक हजारौको संख्यामा सवारी साधनहरु ओहोर दोहोर गर्छन् । एउटा लोड गरिएको ट्रकको सरदर तौल ३२ टनसम्म हुनेगर्छ । जुन भार क्षमता धान्न पुलहरुले नसक्ने अवस्था रहेको छ ।
पुलहरु निकै पुरानो भइसकेका तिनीहरुको आयु पनि सकिसकेको हुनाले तिनीहरुलाई भत्काएर नया“ बनाउनुपर्ने समय आइसकेको जानकारहरु बताउछन् । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतीको जिम्मा विश्व बैंकले लिइसकेकाले सडक विस्तारको क्रममा साना पुलहरु भत्काएर नया“ बनाउने र ठुला पुलहरु थप्ने योजना रहेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले कायम मुकायम प्रमुख नरेश प्रसाद केशरीले जानकारी दिएका छन् ।
यसरी दशकौ पुराना पुलहरु दुर्घटनाका कारकहरु बनिरहदा नेपाल सरकारले यसको विकल्प खोज्नुपर्ने अत्यावश्यक भइसकेको छ ।
राजा महेन्द्रको पालका बनेका देशकै प्रमुख राजमार्गमा रहेका पुलहरु जीर्ण र साघुँरा हुदापनि यसको स्तरउन्नती गर्नका लागि राजालाई गाली गरेर नथाक्ने गणतन्त्रका नेता तथा सरकार प्रमुखहरुलाई भएको छैन् । यसमा सरोकारवाल निकायको ध्यानाकर्षण हुनु अत्यावश्यक भइसकेको स्थानियको माग रहेको छ ।


