विजयपुर–रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत निर्माणधिन रहको केही महत्वपुर्ण सिंचाई आयोजना तथा सडक सहरी पुर्वाधारहरुको निरीक्षण गरिएको छ ।
पुर्व सहरी बिकास मन्त्रि प्रभु साहले शुक्रवार पुर्वाधारहरुको निरीक्षण,अनुगमन र अन्तरक्रिया गरेका छन् । सो पुर्वाधारहरुको निरीक्षण गर्दै साहले अरुवा नदिमा निर्माणाधीन दुधियवा सिंचाई आयोजना र बुनियाद सिंचाई आयोजनाको कार्य प्रगति सन्तोषजनक रहेको बताएका छन् । यस्तै टेंग्ग्राहा सिंचाई आयोजना , पा“च मौजे सिचाइ आयोजना र सुलभ सिंचाई आयोजनाहरुको निर्माण कार्यमा अपेक्षाकृत प्रगति नभएको जानकारी दिएका छन् ।
त्यस्तै सडक पूर्वाधारमा खैरा–हिमालिबास–दुधिअवा सडक खण्ड र विजयपुर–फतुवा–सन्तपुर सडक खण्डमा कालो–पत्रेको कार्य सन्तोष जनक देखिए पनि दुधिअवा–बिजयपुर खण्ड र विजयपुर– पेटभार्वा खण्डको निर्माण कार्य अलपत्र परेको देखिएको उनको भनाई छ ।
साथै सहरी पूर्वाधार अन्तर्गत सितलपुर,बैर्गिनिया,घुसुकपुर र गम्हरिया लगायतका ठाउमा निर्माण भइरहेको नाला, ढलान र कालोपत्रेको काम ठेक्काको समयाअवधि समाप्त भइसक्दा पनि पुरा नभएको अनुगमनको क्रममा देखिएको छ ।
सो निर्माणाधिन आयोजनाहरुको अवलोकन निरिक्षण पश्चात दुधिअवा बजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बन्धित निकायका प्रमुख एवम् प्रतिनिधिलाई उपभोगताहरुले कडा आलोचना सहित समयमा काम नगर्ने ठेक्दार र गुणस्तरहीन कार्य गर्ने ठेक्दारलाई तुरन्त कारवाही गर्न उनले माग गरेका छन् ।


