सिमरा–बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ औराहामा रहेको स्थानिय राजकुलोलाई पुरेर निजि जग्गामा बङ्ग्याईएको छ । स्थानीय भु–माफियाहरुले विगत लामो समय देखि बग्दै गरेको राजकुलोलाई पुरेर निजी जग्गामा बङ्ग्याईएको हो ।
विगत पा“च बर्ष अगाडि भु–माफियाहरुले राजकुलोलाई पुरेर नजिक नै रहेको सेन्ट अलफान्स विद्यालयलाई बिक्री गरेको पाईएको छ ।
साविक पिपरा सिमरा गाविस वडा नम्बर ४ मा पर्ने उतर जग्गा स्थानीयतह गठन भएदेखि उपमहानगरपालिकामा समाहित भएपछि भु–माफियाहरुको मिलोमतोमा करिब दुई विगाहा जग्गालाई पुरेर निजी जग्गा बनाउदै महंगोमा विद्यालयलाई बिक्री वितरण गरेका छन् । आर्थिक प्रलोभनका कारण भु–माफियाहरुले बगीरहेको राजकुलो पुरेर निजि जग्गामा बङ्ग्याएको स्थानीय सुनिल साह कलवारले बताएका छन् ।
उनका अनुसार केही बर्ष अगाडि देखि नै भु–माफियाहरुले राजकुलो पुर्न सक्रिय भएर निजि जग्गामा पुर्याएका छन् ।
बर्षैदेखि बग्दै गरेको राजकुलो पुरेर निजि जग्गामा बङ्ग्याएपछी जितपुर सिमरा उपमहानगरपालिकाको न्यायीक समितिमा उजुरी परेको छ । स्थानीय साहले गएको भदौ २ गते न्यायीक समितिमा निजि जग्गामा पैनी बङ्ग्याएको बिषयमा छानबिन गर्न निवेदन दर्ता गराएका थिए ।
अहिले दक्षिण तर्फ बग्ने राजकुलोलाई पुर्व तर्फ बङ्ग्याएर बिद्यालयको संरचना बनाइएको छ । उक्त स्थानबाट करिब ३०० मिटर पुर्व सम्म निजि जग्गामा राजकुलोको बहाव बनाइएको छ । स्थानीय सागर कार्कीका अनुसार भु–माफियाले पहिलोपटक २०७३ सालमा एक्स्काभेटरले माटो काटी राजकुलोको दक्षिण तर्फको बहाव बन्द गरेका थिए । यस बिषयमा बिभिन्न सम्बन्धित कार्यालय मा गएर निकासको कुरागर्दा कसैले पनि चासो नदेखाएको स्थानिय कार्कीको भनाई रहेको छ । उहाहरु पनि ति भु–माफियाहरु संग मिलेको स्थानिय बासिन्दाहरुले आरोप लगाएका छन् ।


