प्रदेश २ मा एकै पटक ५ प्रदेश सचिवको सरुवा

जनकपुरधाम–प्रदेश नम्बर २ मा विभिन्न मन्त्रालयका ५ जना सचिवको सरुवा भएको छ भने ३ जना सचिव विभिन्न मन्त्रालयमा आएका छन् ।
सरुवा भएस“गै प्रदेशका केही मन्त्रालय सचिवविहीन बनेका छन् ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवलाई सचिवमा पदोन्नति गरि प्रदेश २ मा पठाएको हो ।
उद्योग, पर्यटन तथा वन मन्त्रालय प्रदेश २ का सचिव डा. रामचन्द्र कँडेलको सरुवा वन तथा वातावरण मन्त्रालयमा भएको छ भने सो मन्त्रालयमा भने सचिव नै पठाइएको छैन । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालयकी प्रदेश सचिव सम्झना कुमारी काफ्लेको सरुवा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गरिएको छ भने उनको ठाउ“मा कृषि तथा पशुपंक्षी मन्त्रालयबाट सहसचिव नम्रता सिंहलाई सरुवा गरिएको छ ।
खानेपानी तथा ऊर्जा मन्त्रालय प्रदेश २ का प्रदेश सचिव रामआधार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ भने सो मन्त्रालयमा सचिवमा प्रेम कुमार सिंह आएका छन् । उनी यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थिए ।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दाहालको सरुवा गृह मन्त्रालयमा भएको छ भने गजेन्द्र कुमार ठाकुरलाई सरुवा गरि पठाइएको छ । ठाकुर यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए ।
त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय प्रदेश २ का प्रदेश सचिव वीरेन्द्र कुमार यादवको सरुवा गृह मन्त्रालयमा भएको छ । सो मन्त्रालयको सचिव पद रिक्त नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles