अनेरास्ववियुको १४ औं सम्मेलन सम्पन्न

चन्द्रनिगाहपुर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी रौतहटको १४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
बुधबार रौतहटको चन्द्रपुरस्थित होटल अशोकामा भएको सम्मेलनले कुन्दन महतोको नेतृत्वमा ५१ सदस्यीय अनेरास्ववियु क्रान्तिकारी गठन गरेको छ । वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो अभियान, सुदृढ संगठन निर्माणका लागि १४ औं जिल्ला सम्मेलन भन्ने मूल नाराका रहेको सो सम्मेलनका प्रमुख अतिथी केन्द्रिय अध्यक्ष रञ्जित तामाङ रहेका थिए ।
देशको प्रमुख पद सम्हालेका तथा राजनीतिक रुपले अग्रपंतिमा रहेका नेतादेखि ठुला कर्मचारीहरु सरकारी विद्यालयबाट नै आफ्नो अध्ययन पुरा गरेपनि उनीहरुले सामुदायिक विद्यालयहरुको पठन पाठनमा सोचे अनुसारको परिवर्तन ल्याउन नसकेकोमा प्रमुख अतिथि तामाङले दुःख व्यक्त गरेका थिए ।
सम्मेलनका विशिष्ट अतिथी नेकपा माओवादी केन्द्र रौतहटका इन्चार्ज तथा केन्द्रिय सदस्य युवराज भट्टराई समिरले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता ल्याउन अखिल क्रान्तिकारीले नयाँ तरिकाको शिक्षिक आन्दोलन गर्न आवश्यक रहेको बताए । स्थानीय तहमा छुटै किसिमका शिक्षा नीति बनाउन तथा शिक्षा माफियालाई जडै देखि अन्त्य गर्न अखिल क्रान्तिकारी नै अग्रपंक्तिमा आउनु पर्ने भट्टराईको दावी रहेको छ ।
सो सम्मेलनमा माओवादी केन्द्रका प्रदेश सदस्य देवेन्द्र पटेल,पार्टीका प्रदेश सदस्य अशोक जयसवाल, ओहिद अन्सारी, रामानन्द महतो, चन्द्रिका मुखिया, सुधिर यादव, बीर बहादुर गोले, सरोज बच्छार लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles