नाला निर्माण अलपत्र,दुर्गन्धित बन्दै चन्द्रनिगाहपुर

चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित बन्दै गरेको नाला अलपत्र भएसंगै चन्द्रनिगाहपुर दुर्गन्धित बन्दै जान थालेको छ ।
चन्द्रनिगाहपुर पुर्वपश्चिम राजमार्ग र गौर रोडमा निर्माणधिन नाला निर्माण कार्य अलपत्र छाडेको भन्दै स्थानिय ब्यापारीहरुले आलोचना गर्न थालेका छन ।
लामो समयसम्म बन्दाबन्दिका कारण ब्यापार ब्यावसायी बन्द भएको र केही सहज भएस“गै ब्यावसायी सञ्चालन गर्ने क्रममा आफ्नो व्यवसायस“गै रहेको नालाको दुर्गन्धले बस्न नसक्ने चन्द्रनिगाहपुरका एक ब्यापारी दिवाकर सापकोटाले जानकारी दिएका छन् । चन्द्रपुर नगरपालिकाले पुर्वपश्चिम राजमार्ग र गौर रोडलाई फराकिलो बनाउनुका साथै बर्षाको पानी निकास गर्नका लागी नाला निर्माण गर्न खाल्टो खनिएको थियो । तर हालसम्म सो नाला निर्माण गर्न खनिएका खाल्टामा फोहर फाल्ने स्थलका रुपमा प्रयोग हुन थालेपछि चन्द्रनिगाहपुरमा दुर्गन्ध फैलिदै गएको स्थानिय व्यापारीहरुको चनाई रहेको छ ।
चन्द्रपुर नगरपालिकाले तत्काल सो नाला निर्माण कार्यलाई तिब्रता दिनुपर्ने यहा“का ब्यापारीहरुको माग रहेको छ । नाला निर्माण गर्नु अत्यन्त राम्रो पक्ष रहेको भएतापनि निर्माण सम्पन्न नगरि अलपत्र छाड्दा चन्द्रपुरबाट गौर आवतजावत गर्ने बस,म्याजिक लगायत अटो,इरिक्सा तथा ब्यापारीहरुको सवारी साधनहरु पार्किङमा समेत समस्या उत्पन्न भएको व्यापारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles