नमुना नगरपालिका निर्माण गर्न जग्गा खरिद

मौलापुर–दलित असहाय एवं जग्गा विहिन भई बाटोमै बसोबास गरिरहेका समुदाय सहित विभिन्न प्रयोजनका निमित्त मौलापुर नगरपालिकाले नमुना नगरपालिका निर्माण गर्न आवश्यक जग्गा खरिद गरेका छन् ।
रौतहटको मौलापुर नगरपालिकालाई समृद्ध नगरपालिका निर्माणका लागि विभिन्न किसिमका संरचनाहरु निर्माण गर्नु पर्ने भएता पनि आवश्यक जग्गाको अभावमा संरचना निर्माण गर्न सकेको थिएन ।
नगर क्षेत्रमा आवश्यकताका आधारमा शैक्षिक संस्था, सरकारी कार्यालय, सार्वजनिक पुर्वाधार तथा एकिकृत बस्ति सहितको विभिन्न भौतिक संरचना निर्माण गर्नका निमित्त १३ विगाहा जग्गा जग्गा खरिद गरेको नगर प्रमुख रिना कुमारी साहले जानकारी दिए ।
मेयर रिनाकुमारी साहको अनुसार २ बर्षमा ८ सय गरिव परिवारको घर निर्माण गरेको छ, सुरक्षित आवास शिर्षक अन्तर्गत ७२८ परिवारलाई अनुदान उपलब्ध गराएको, नगरपालिकाको अग्रसरतामा एकीकृत नमूना बस्तीको निर्माण भएको, एकीकृत नमूना बस्ती विकास अन्तर्गत मर्यादपुरमा २५ परिवार, मौलापुरमा १८ परिवार र अन्य गरिव विपन्न २५ परिवार गरी ६८ परिवारको लागि पक्कि घर निर्माण गरिएको छ ।
अन्य स्थानीय तहको दाँजोमा कम बजेट मौलापुरमा भएपनि गरिव दलितको निजी घरमा मात्रै ७ करोड खर्च गरिएको छ भने विद्यालय, अस्पताल र सडकमा रकम खर्च गरी विकास निर्माणको दृष्टिकोर्णबाट मौलापुर जिल्लामै नमूना नगरपालिकाको रुपमा उन्मुख भएको बताउदै मेयर साहले यहाँ प्राप्त भएको बजेटबाट पार्दर्शी रुपमा खर्च गरिदा यहाँका जनताहरु लाभान्वित भएको भएपनि अन्य पालिकाहरुमा बजेट यसरी पार्दर्शी रुपमा खर्च भएको विवरण सार्वजनिक नभएको दाबी गरिन ।
१३ करोड ५६ लाखको लगानीमा उक्त जग्गा खरिद गरेको नगरपालिकाले जनाएको छ । रौतहटको अन्य नगरपालिकाहरुले वडा कार्यालयहरुको भवन निर्माण गर्न सार्वजनिक जग्गाहरु कब्जामा लिई निर्माण कार्य गर्दै आएको तर मौलापुर नगरपालिकाले दिर्घाकालिन सोचका साथ नगरपालिकालाई नमुना नगरपालिका निर्माणमा तिब्रता दिएको पाइएको छ ।नगरपालिकाको यो कार्यप्रति स्थानिय बुद्धिजिवी तथा राजनितिज्ञहरुले समेत खुशी ब्यक्त गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles