रौतहटका भंसार प्रमुख शर्माको दादागिरी,तस्करलाई दशैं,सर्वसाधारण मारमा

गौर–रौतहटको गौर भंसार कार्यालयका प्रमुखको दादागिरीका कारण सर्वसाधारण मारमा परेका छन् ।
गौर भंसार कार्यालयका प्रमुख शुशिल शर्माले आफ्नो कार्यकालदेखि हाल सम्म सर्वसाधारणलाई दुःख दिने बाहेक राजस्व तर्फ ध्यान गएको देखिएको छैन् ।
शर्माले तस्कर संग अबैध रकम असुलीका लागि आफ्ना कार्यलय सहयोगी बिशेश्वर यादवलाई परिचालन गरेका कुरा तस्करहरु बताउछन् । भंसार अगाडि सरसामान चेक जा“च गर्ने का.स बिशेश्वरले दिनहु तस्कर संग ब्यापक अबैध रकम असुली गरी रहेको एक महिला तस्करको गुनासो रहेको छ ।
गत शुक्रबार दिउसो गौर नगरपालिका वडा नं ५ सबगढाका ३५ बर्षिय महिला सिताले भारतको बैरगनियाबाट घरायसी समान खरिद गरि घर फर्किने क्रममा भंसार स्थित चेकजाच हुदा चामल जान नदिएको भन्दै बिवादमा सशस्त्र प्रहरी द्वारा कुटपिट हुदा सो महिला घाइते भएकी थिईन् ।
सो महिला घाइते हुदा सर्वसाधारणले केही समय सम्मको बिवादमा भन्सारमा आवतजावत ठप्प भएको थियो । भंसार प्रमुख शर्माको कार्यकालदेखि तस्करलाई छुट सर्वसाधारणलाई दुःख भएको स्थानीयहरुले बताउछन् । किसानहरुले खानका लागि एक बोरा चामल ल्याउदा शर्माले सो चामल खोसी भंसार लाने तर तस्करले दिनहु रकम दिदै चामल पसल पसलमा दिरहेका छन् । भारतको बैरगनियाबाट तस्करहरुले सुट, कपडा धनिया, चिनी, लगायत अन्य समानहरु सेटिङबाट नेपाल भित्रयाईन्छ तर घर प्रयोजनका लागि ल्याउनेहरुले दुख पाएका छन् । भारतीय नम्बरको मालवाहक ट्रक नेपाल भित्रदा त्यसमा लोड भएका समानहरु गन्ती नगरी मनोपरी मिलोमतोमा भंसार काटी ट्रक नेपाल भित्रयाईन्छ । प्रमुख शर्माकै कारण राजस्वमा चुहावट भएको एक जना भंसार एजेन्टले जानकारी दिएका छन ्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles