रौतहटमा घुमुवा प्रहरीको संरक्षणमा व्यापक तस्करी

चन्द्रनिगाहपुर–प्रादेशिक घुमुवा प्रहरीको संरक्षणमा रौतहट र सर्लाही जिल्लामा व्यापक रुपमा तस्करी कारोवारमा वृद्धि भएको छ ।
भारत संग जोडिएको नेपाली सिमानाका भएर राजस्व छलेर अबैध रुपमा मालसामानहरु भित्रयाउने कार्य जारी रहेको छ जसको संरक्षण प्रादेशिक घुमुवा प्रहरी र स्थानीय प्रहरीको मिलोमतोमा अबैध कारोवारको संजाल बढेर गएको हो ।
रौतहटको भारत संग जोडिएको बंकुल, रामपुरखाप, नरकटिया, लतमरी, महुलिया, औरैया, बन्जरहा, बकैया नदीको वगर, महादेवपर्टी, गौरको मुख्य नाका, लक्ष्मिपुर, वेलविछवा, ब्रम्हपुरी तथा सर्लाहीको बलरा, हथियौल, बहादुरपुर, सेखौना, धनकौल, मलंगवा मुख्य नाका, त्रिभुवननगर, संग्राम्पुर, भेलही लगायतको चोर नाकाहरुबाट अहिले भारतीय क्षेत्रबाट कपडा, सटिंग सुटिंगका कपडाहरु, स्पोर्ट सामानहरु, मोटर स्प्रेयर पार्टस, खाद्यान्न सामग्री, सुर्ती, चिनी, भैसी रागा, कुखुरा, चल्ला सहित निर्वाध रुपमा भारतबाट नेपाल प्रवेश गरिरहेका छन् ।
यस्तै नेपालबाट भारत तर्फ सेतो केराउ, कालो मरिच, सुकमेल, लोवांग, छहोरा, लगायत विदेशी सामानहरु निर्वाध रुपमा गईरहेको पाइएको छ । अबैध कारोवारलाई नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश मुख्यालयबाट खटाइएको घुमुवा प्रहरी आर्थिक प्रलोभनमा परेर नियन्त्रण गर्नुका साथै अबैध कारोवारलाई संरक्षण दिएको एक तस्करले नै बताए ।
नेपालमा प्रतिबन्ध रहेको भारतीय चल्ला, कुखुरा र सेतो अण्डा गौरको बजारमा छ्यापछ्याप्ती अण्डा विक्री वितरण भईरहदा नियमनकारी निकायको उदाशिनताको कारण यस्ता कार्य गर्नेहरुको मनोवल बढेर गएको छ ।
त्यतीमा मात्रै नभई जिल्लाको घुमुवा प्रहरीहरु अबैध कारोवार संचालन गर्ने कारोवारीहरुबाट महिनावारी रुपमा रकम लिई अबैध कारोवारलाई संगठित रुपमा संरक्षण दिइएको आरोप समेत लागेको छ । गौरका केही व्यापारीहरुको गोदाममा दिनभरी अबैध सामानहरु थुपार्ने कार्य निरन्तर रुपमा जारी छ, सोही सामानहरुको भ्याट विल काटेर जिल्लाको ग्रामिण भेग देखि लिएर बाहिरी जिल्लामा टे«क्टर, पिकअप र मिनि ट्रकबाट पठाउने कार्य निधक्क साथ जारी रहेको कार्य माथि अंकुश लगाउने निकाय उदाशिन रहेको कारण तस्करी कार्य नियन्त्रण हुन सकेको छैनन स्थानीय रामलाल दासले बताए ।
गौरका केही नामुद व्यापारीहरुको गोदाममा छापा मारेर स्टक चेकजाँच गर्दा सबैको पोल खुल्ने थिए तर आर्थिक प्रलोभनमा परेर न्याय संगत कार्यलाई ढाकछोप गर्दै अबैध कारोवारलाई संरक्षण दिइदा सर्वसाधारण जनताहरु मर्कामा पर्ने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles