
गुजरा । रौतहटको गुजरा नगरपालिकाले ३ वटा बिद्यालयमा सुलभ शौचालय निर्माण थालेको छ । नगरप्रमुख सन्तलाल चौधरीले सोमबार गुजरा ४ कनकपुरस्थित श्री माबि कनकपुर,गुजरा ७ स्थित कुन्तिदेबि आधारभुत बिद्यालय,प्रतापपुर पल्टुवा र गुजरा ८ स्थित राजदेवि प्राबि जोगौलियामा अध्ययनरत छात्राहरुका लागि ७ लाखका दरले ३ वटै बिद्यालयमा २१ लाखको सुलभ शौचालयको सिलान्यास गर्नु भएको नगरपालिकाका प्रशासकिय अधिकृत बिनोद कुमार जयसवालले जानकारी दिनुभयो ।
३ वटै बिद्यालयमा वालबिकासमा अध्ययनरत बालबालिकाहरुलाई बिद्यालय पोशाक तथा पाठ्यपुस्तक समेत बितरण गरिएको जयसवालले जानकारी दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख रोशन खातुन,प्राविधिक शाखा प्रमुख श्रवण कुमार चौधरी,शिक्षा साखा प्रमुख शिवमङल साह लगायतको उपस्थिति रहेको थियो ।



