४ दिने त्री–बर्षिय ब्यवसायीक योजना निर्माण तालिम सम्पन्न

चन्द्रपुर । समृद्धि आयोजनसँगको सहकार्यमा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाको आयोजनामा ४ दिने त्रि–बर्षिय ब्यवसायीक योजना निर्माण तालिम सम्पन्न भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्तरगतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना९समृद्धि परियोजनाले गरिबी निवारणका लागि सहकारी संस्थाहरुको क्षमता विकासको क्षेत्रमा काम गर्दै आएको छ । उक्त परियोजनासँगको सहकार्यमा वित्तिय संस्थाले बारा र रौतहट जिल्लाका ६ वटा सहकारी संस्थाका २४ जनालाई तालिम दिएको हो ।

रौतहटको चन्द्रपुर स्थीत होटल अशोकामा गत विहिबारबाट संचालन भएको आवासिय तालिममा सहभागिहरुलाई तालिम विज्ञ चितवन निवासी दिर्घ सापकोटा, समृद्धि आयोजनाका वित्तिय समावेशिकरण अधिकृत विजय सुवेदी, फिल्ड प्रशिक्षक दिलिप कुमार यादव, साना किसान वित्तिय संस्थाका प्रतिनीधि नीरज सिंह ठकुरीले सहजीकरण गर्नु भएको सहभागिले बताए ।

सहभागिहरुलाई ब्यवासायिक योजनाको महत्व, निर्माण कला सोको तयारी, वित्तिय लक्ष्य निर्धारण गर्ने तरिका र बार्षिक शमिक्षा विधि लगायतका विषयमा ४ दिन सम्म प्रशिक्षण दिईएको समृद्धिका फिल्ड प्रशिक्षक दिलिप कुमार यादवले जानकारी दिए ।

उनका अनुसार बारा जिल्लाबाट साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा,सपहि सहभागि थिए । यस्तै रौतहटका साना किसान कृषि सहकारी संस्था लिमिटेड सन्तपुर, कनकपुर, संकल्प साकोस र नवविकास साकोसका अध्यक्ष उपाध्यक्ष, मुख्य प्रबन्धक र लेखा समितिका पदाधिकारी सहभागि भएका छन् ।

तालिममा सहभागि संस्थाहरुले यस विचमा आआफ्नो संस्थाको ब्यवसायिक योजना समेत तयार गरेको यादवले जानकारी दिए ।
साना किसान कृषि सहकारी संघ लिमिटेड रौतहटका उपाध्यक्ष ध्रुव कोईरालाले तालिमको उद्घाटन गर्नु भएको तालिमको कृषि संघ बाराकी उपाध्यक्ष नयनकला खड्काले मन्तब्य सहित समापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles