लमाहामा दुर्घटना,एकको मृत्यु १ गम्भिर घाइते

चन्द्रपुर । पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर सडक खण्डमा स्कोरपियो र बस एक आपसमा ठक्कर खादा नेपाली सेनामा कार्यरत एकजनाको ज्यान गएको छ । सनिबार पुर्बबाट पश्चिम तिर जादै गरेको बा १६ च ३८१२ नम्बरको स्कोरपियो र पश्चिमबाट पुर्व जादै गरेको  ना ५ ख २३६९ नम्बरको बस चन्द्रपुर नगरपालिका ४ स्थित लमाहामा ठक्कर खादा स्कोरपियोमा सवार नेपाली सेनाका हवल्दार नुवाकोट घर भएका राम बहादुर गुरुङको ज्यान गएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिएकाछन् । स्कोरपियोमा सवार अर्का राजकुमार थापाको अवस्था गम्भिर रहेको डिएसपी लामिछानेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles