को बन्ला जिल्ला सभापति ? हृदयनारायण प्यानल देखियो बलियो

गौर । नेपाली काङ्ग्रेस रौतहटको १४ औ जिल्ला अधिबेसन फाल्गुन २० गते सनिबार हुँदै छ । जिल्ला सभापतिमा २ कार्यकाल जिल्ला सचिव रहेका  हृदय नारायण यादव र संविधानसभा सदस्य सुनिल यादवको प्यानल बिच प्रतिष्पर्धा हुने भएको छ  ।आज  शुक्रवार उम्मेदवारी   दर्ता हुँदै   छ ।  गौरमा हुने उमेदवारी दर्तामा हृदय नारायण यादव प्यानबाट अधिकांस युवाले उमेदवारी दर्ता गर्दै छन् । हृदय नरायण यादव प्यानलबाट चन्द्रपुर नगरपालिकाका बिनोद गुप्ता उप सभापति र सुमन गौतमले सचिव पदमा उमेदवारी दिदै छन् । चन्द्रपुर नगरपालिकाबाटै सुनिल यादव प्यानलबाट सचिव पदमा सुवास कोईरालाले उमेदवारी दर्ता गराउंदैछन् ।

हृदय नारायाण यादव प्यानलबाट उप सभापतिमा मोहमद महताव आलम ,सचिवमा रामचन्द्र गिरी ,सह सचिवमा धर्मेन्द्र साह र शेख मजिद अलीले उमेदवारी दिन लागेकाछन् । नेपाली कांग्रेसको बिधानमा दुई जना उप सभापति,दुईजना सचिव र २ जना उप सचिव रहने प्रावधान   छ । हृदय नारायण यादव प्यानलमा अधिकांस युवा उमेदवारको वर्चस्व रहेका कारण जित सहज हुने नेपाली कांग्रेसका चन्द्रपुर नगरसभापति मुकेश गिरीको दाबी  छ ।  हृदय नारायण प्यानलले पहाडी समुदाय ,मुस्लिम समुदाय र अन्य समुदायको मत सहजै पाउने आंकलन गरिएको छ ।
हृदयनारायण यादबलाई पुर्वमन्त्री अफ्ताब आलम,प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमल्सिनाको साथ छ । त्यस्तै उनलाई केन्द्रिय अधिबेशनमा मुस्लिम कोटाबाट सह-महामन्त्री पदमा उम्मेदवार रहेका परोहा नपाका मेयर सेख वकिल,क्षेत्रीय सभापती तथा बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादबको पनि पुर्ण साथ रहेको छ । यता सुनिल यादबलाई मधेस प्रदेशका सभापति कृष्ण यादबको साथ रहेको बुझिएको छ । रोचक कुरा त के हो भने सभापतिका उम्मेद्वार हृदयनारायण यादब र प्रदेश सभापती यादब सम्धी नातामा पर्छन ।  २ कार्यकाल सचिब पदमा रहेर काङ्ग्रेस हाकेका हृदयनारायण अनुभवी समेत छन । उनलाई पार्टीका दिग्गज को समर्थन रहेका कारण सजिलै सभापती पदमा बिजयी हुने चन्द्रपुर नगर सभापति मुकेश गिरीको दाबि छ । यता प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमल्सिनाले हृदयनारायण यादब प्यानललाई कुनै दबाब र लोभमा नपरी मत दिन आग्रह गरेका छ्न ।
मतदाता तान्न अर्को पक्षले पैसाको चलखेल गर्दै आएको आरोप नगर सभापती गिरीको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles