एकीकृत समाजवादीद्वारा चन्द्रपुरको मेयरमा दाहाल र उप मेयरमा चौधरीको नाम सिफारिस

चन्द्रपुर । नेकपा (एकिकृत समाजवादी) ले रौतहटको चन्द्रपुर नगरपालिकाको मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरति चौधरीको नाम शिफारिस गरेको छ । 
पार्टीको नगर कमिटी बैठकले मेयरमा दाहाल र उपमेयरमा चौधरीको एकल नाम शिफारिस गरेको हो । 
युवा माझ लोकप्रिय रहेका दाहाललाई विकास प्रेमी र भिजन भएका नेताको रुपमा लिइन्छ । उप मेयरमा शिफारिस चौधरी हाल चन्द्रपुरकी उपमेयर हुन । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि दाहाल चन्द्रपुरको मेयरका दावेदार थिए । तर उनले टिकट पाए पनि पार्टी भित्रकै केही व्यक्तिहरुको षड्यन्त्रका कारण उम्मेदवारी दिनबाट बञ्चित हुन पुगेका थिए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles