गढिमाई । रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका छन । उनी नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार श्याम प्रसाद यादबसङ पराजीत भएका हुन ।
प्रदेशसभा सदस्यबाट राजीनामा दिएर गढीमाई नगरपालिमामा जनता समाजवादी पार्टी (जसपा)बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले पराजित गरेका हुन ।
दोस्रो कार्यकालका लागि निर्वाचित भएका श्यामप्रसाद यादवले ८६३१ मत ल्याउँदा आजादले भने ८०७३ मत ल्याए । अब्दुल कलाम मधेश प्रदेश सरकारको विकास समितिको सभापतिसमेत थिए । त्यस्तै गढीमाई नगरपालिकाको उपमेयरमा भने जनता समाजवादी पार्टीकी स्मिता कुमारी यादव निर्वाचित भएकी छिन् ।
यादवले ६६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्प्रर्धी एकीकृत समाजवादीका नागेन्द्र सिंहले ५९०२ मत प्राप्त गरे ।


